20230510

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, प्रदर्शनका क्रममा २ जनाको मृत्यु, १ हजार जना प्रदर्शनकारी पक्राउ

 पाकिस्तान / पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेको विरोधमा सुरु भएको प्रदर्शन हिसांत्मक बन्दै गएको छ । प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार १ हजार जना प्रदर्शनकारी पक्राउ परेका छन् । तेहरी ए इन्साफ पीटीआइका अध्यक्ष ७० वर्षीय खानलाई इश्लामवादस्थित उच्च अदालत परिसरबाट पक्राउ गरिएको थियो । विभिन्न शहरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको बीबीसीले उल्लेख गरेको छ । 


खानलाई पक्राउ गरेको विरोधमा भएको प्रदर्शन उग्र बनेपछि सरकारले मुलुकभरको मोबाइल डेटा सर्भिस बन्द गरेको छ । सेनाका ब्यारेक तथा सैनिक अधिकारी निवास लक्षित प्रर्दशन भईरहेको छ । खानको पार्टी पीटीआइले समर्थकलाई प्रदर्शनमा उत्रिन आहृवान गरेको छ । अर्को कुनै मुद्दामा धरौटी बुझाउन अदालत पुगेका खानलाई भ्रष्टाचार आरोपमा नाटकीय ढंगबाट पक्राउ गरिएको थियो ।  

 अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक