20230517

एभरेस्ट फेडेरल क्रेडिट युनियन (EFCU) को निम्तो डिसी मेट्रो एरियामा रहनुभएका कवि, साहित्यकारहरूलाई !


नेपाल बाहिर पहिलो पटक अमेरिकामा नेपालीहरूको पहलमा स्थापना भएको वित्तीय संस्था एभरेस्ट फेडेरल क्रेडिट युनियनको दोस्रो वार्षिक सभामा डिसी मेट्रो एरियामा रहनुभएका कवि, साहित्यकारहरूको पनि जमघट गराउने उद्देश्यले एउटा साहित्यिक कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम एभरेस्ट फेडेरल क्रेडिट युनियनकै आयोजनामा हुने र उक्त कार्यक्रममा तपाईँलाई पनि अतिथिका रूपमा ३ मिनेट सम्मको एउटा कविता वा गजल वा कुनै साहित्यिक रचना सहित प्रस्तुतिका लागि सादर निमन्त्रणा गरिएको छ । कृपया आफ्नो उपस्थिति हुने नहुने, के प्रस्तुति दिने भन्ने बारे समयमै हामीलाई इन्बक्स गरेर वा इमेल rampdkhanal@gmail.com वा फोन नम्बर 703-419-0924 मा जानकारी दिनुहुन विनम्र अनुरोध छ । बढीमा ३० जना सम्मका प्रस्तुति समेट्न प्रयास गरिने भएकोले समयमै जानकारी गराइदिनुभएमा आभारी हुने छौँ । धेरै रचनाहरू प्राप्त भएमा पहिला सम्पर्क गर्नेलाई प्राथमिकतामा राखिने छ तर सबैलाई समेट्ने हाम्रो प्रयास हुने छ । 

स्थान : Wyndham Garden Hotel, 10800 Vendor lane, Manassas, VA 20109 

मिति : May 27, 2023

समय : साँझ ठिक 6 बजे 

Note: एभरेस्ट फेडेरल क्रेडिट युनियनको दोस्रो वार्षिक सभामा डिसी मेट्रो एरियामा रहनु भएका समस्त नेपाली मित्रहरूलाई चुले निम्तो गरेको छ आयोजक समितिले । बरु समयमै रजिस्ट्रेसन गरेर आफ्नो स्थान सुरक्षित गर्नुहुन पनि अनुरोध गरिन्छ । आयोजकको निम्तो पत्र तल संलग्न छ हेर्नुहोला ।




अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  


     

        


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक