20230518

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) को अनुरोध

आदरणीय महानुभावहरू,
नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) को भवन निर्माणको चरणमा प्रवेश गरिसकेको छ। यहि मे २० तारिख शनिवारका दिन कलश यात्रा, पूजाअर्चना सहित बिभिन्न धर्मगुरुहरूबाट स्वस्ति बाचन गरेर भवन तथा मन्दिरको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ।यो संरचना निर्माणको लागी तत्काल बैकबाट २१ लाख ८० हजार अमेरिकन डलर ऋण संझौतागरी कार्य संम्पन्न गर्ने अठोट गरिएको छ।
हामी डिसी मेट्रो क्षेत्रमा प्रवासी नेपालीहरू करिव ८ हजार घरधुरी छौ भन्ने अनुमान छ। अहिले सम्म डिसी मेट्रो क्षेत्रका करिव १ हजार घरधुरी मात्रै यस संस्थामा जोडिएका छौ। हामी सबै संगठित हुदै अगाडी बढ्यौ भने हामीले सबै ऋण लिनै पर्छ भन्ने छैन। हामीले यथासक्य न्यूनतम ऋण रकम उपयोग गरेर करिव ७० लाख अमेरिकन डलर बराबरको समुदायको संम्पत्ती निर्माण गर्न सक्यौ भने भाविदिनहरूमा समुदायको आवश्यकता अनुरूपका अन्य परियोजनाहरू पनि सहजै निर्माण गर्न सक्ने छौ।
शिलन्यास सत्रमा सहभागीहुन आउने महानुभावहरूलाई आ-आफ्नो संस्कृति, पोशाकमा उपस्थित हुन NACC ले अनुरोध गरेको छ। बिभिन्न धर्मगुरूहरूले स्वस्तिवाचन गर्दै आ-आफ्नो बिधी र परंम्परा अनुसार शिलन्यास गर्नु हुनेछ।अमेरिकन राजनितीमा रहेका सिनेटरहरू, हाउस अफ डेलिगेट्स, काउन्टी सुपरवाईजर टाउन काउन्सिल लगाएत नेपाल एम्बेसीका राजदूत तथा दुतावासका प्रतिनिधि उपस्थितहुने अपेक्षा समेत गरिएको छ।
नेपाली भाषा, खेलकूद, कला, साहित्य तथा संस्कृतिहरूको जगेर्ना गर्दै अमेरिकामा आफ्नो पहिचान कायम गर्ने अभिप्रायले यो संस्थाको निर्माण भएको सर्वविदित नै छ।आउनुहोस्- प्रवासमा छरिएर रहेका सबै नेपाली भाषा भाषी, धर्म, लिंग र जातजातिका हामीसबैले अपनत्व महषुस गर्ने गरि यो केन्द्रको बिकास गरौ। बृहत एकता क़ायम गर्दै हाम्रो पहिचान कायम गरौ।
कार्यक्रमको बिबरणः-
शिलान्यासको मितीः- May 20th, 2023
समयः- 10:00 am sharp
स्थानः- 10501 Balls Ford Road, Manassas, VA 20109
अनुरोधक,
नेपाली अमेरिकन सामुदायिक केन्द्र

This is what we are building: Nepali American Community Center in Virginia.

Total Project Budget: $USD 6 millions in 3 phases

We have invested $USD 2 millions so far.

Project is currently in Phase II.

Budget for Phase II: $USD 3 million

Phase II completion duration: 12 months.

Final size: 26,000 sq ft temple and community center in 3.1 acer land with 210 paved parking lots.


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक