20230610

सुर्खेत, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, बाजुरा, काठमाडौं चितवन, महोत्तरी, धनुषा, कपिलवस्तु, अर्धाखाँची, सर्लाही, सुनसरी र मोरङ गरी १५ जिल्लामा फैलिसकेको छ दादुरा !

 नेपालगन्जमा गत पुसमा देखिएको दादुरा संक्रमण हाल मुलुकका १५ जिल्लामा देखिएको छ । सुर्खेत, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, बाजुरा, काठमाडौं चितवन, महोत्तरी, धनुषा, कपिलवस्तु, अर्धाखाँची, सर्लाही, सुनसरी र मोरङ गरी १५ जिल्लामा फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पूर्ण खोपयुक्त जिल्ला घोषित बाँकेमा गत पुसमा दादुरा संक्रमणले एक जनाको मृत्युसमेत भएको थियो ।

दादुरा देखिएका मध्ये संक्रमण उच्च जोखिम रहेको जिल्लामा सरकारले खोप अभियान सञ्चालनमा ल्याएको छ । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनाका बालबालिका देखि १५ वर्षसम्मका किशोर किशोरीका लागि खोप अभियान सञ्चालन गरिएको हो । नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र केन्द्रबारे जानकारी लिन र खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक