20230610

१० करोड मानिस मधुमेहको शिकार, १३ करोड ६० लाख मानिसमा प्रि–मधुमेह : भारतको स्वास्थ्य मन्त्रालय

 भारतमा १० करोड बढी मानिस मधुमेहको शिकार बनेको एक अध्ययनले देखाएको छ । कुल जनसंख्याको ११ दशमलव ४ प्रतिशत मानिस मधुमेह रोगका साथ बाँचिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनले १३ करोड ६० लाख मानिसमा प्रि–मधुमेह देखिएको छ । जुन कुल जनसंख्याको १५ दशमलव ३ प्रतिशत हो । पछिल्लो समय नसर्ने रोग भारतको विभिन्न राज्यका लागि टाउको दुखाईको विषय बनेको छ । भारतको जनसंख्यामा मधुमेहको फैलावट पहिले अनुमान गरिए पनि धेरै बढी रहेको विज्ञहरुको भनाई छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले ७ करोड बढी मानिसहरु मधुमेह पीडित रहेको र करोड बढी मानिसहरु पुर्व मधुमेह रोगी रहेको अनुमान गरेको थियो । अध्ययनले उत्तर प्रदेश, मध्य प्रदेश, बिहार र अरुणाचल प्रदेश जस्ता राज्यहरूमा मधुमेहमा तीव्र वृद्धि हुने चेतावनी दिएको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक