20230611

“आखिर रहेछ श्रीकृष्ण एक, न भक्ति भो, ज्ञान, नभो विवेक "

-  रबीन्द्र मिश्र 

ती दिनमा
म उन्मत्त हात्ती थिएँ
शिकारी सुरको शेर थिएँ
लाग्थ्यो, पहाडबाट चट्टान झर्दै झर्दैन
जीवनमा अनिष्ट पर्दै पर्दैन
कहिलेकाहिँ त लाग्थ्यो – म मर्दै मर्दिन
मायाऽऽऽ, दयाऽऽऽ, करूणाऽऽऽ सब
अन्यौलमा बाँचेका अबुझको – भ्रम झैँ लाग्दथ्यो
म भक्तहरूलाई भन्दथेँ – जीवन यथार्थ हो
सन्सार – भावले होइन
बन्दुकको नालले बनेको छ
नपत्याए इतिहास साक्षी छ
जुन दिन धेऽऽऽरै शिकार हुन्थ्यो
छरपस्ट बहेको रगतको भेलले मलाई 
लोकल कुखुराको झोलले झैँ उर्जा दिन्थ्यो
क्रान्ति सफल-उन्मुख भएको आभास हुन्थ्यो
म उन्मत्त हात्ती थिएँ
शिकारी सुरको शेर थिएँ
मेरालागि महाकालभन्दा ‘मार्क्स’
लोकेश्वरभन्दा ‘लेनिन’
मधुसूदनभन्दा ‘माओ’ महान थिए
मेरो आँखामा सत्ताको राप थियो
मनमा जंगली कुकुरको प्यास थियो
लछारियो, पछारियो, लुछियो, चुँडियो
किरीयापुत्री गिँडियो
मन्दिरमैँ मैदान बसाइयो
पण्डितको शीर भेदन गर्दै
शिक्षकको घाँटी सेरियो
म उन्मत्त हात्ती थिएँ
शिकारी सुरको शेर थिएँ
आजको कथा फरक छ
झर्दैन भनेको पहाडको त्यो चट्टान
टुक्रा-टुक्रा गरी दोहोर्याई, तेहर्याई – दोहोर्याई, तेहर्याई
मेरै घरमा बर्षिँदैछ
आउँदैन भनेको त्यो अनिष्ट बारम्बार – बारम्बार
मेरै निधारमा बज्रिँदैछ
आँसुलाई भ्रम र रगतलाई क्रान्ति संझिने मैले
कहिल्यै सोचेको थिइन
जीवनमा पाप र धर्म हुन्छ भनेर
कहिल्यै सोचेको थिइन पापले प्वाल पारेको
मेरो मुटुबाट बहेको रगत पखाल्न
अन्तत: म धर्मकै शरण पर्छु भनेर
“आखिर रहेछ श्रीकृष्ण एक,
न भक्ति भो, ज्ञान, नभो विवेक!"

मिति: २० जेष्ठ २०८०

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक