20230618

सिता माताको जन्म काठमाडौँ को सिता पाइलामा भएको हो भन्दिन के बेर ! चर्का नारा, झुटका खेती र अराजकता समाधान होइनन


 चलचित्र आदीपुरुष मात्र होइन, निषेध गर्नुपर्ने त उतै राजनीतिक रुपमा जन्मिएर, हुर्किएर, नेता बनेर, दल बनेर नेपाल आउने र सधै उतैको आदेश, आशीर्वाद थाप्न दिल्ली धाउनेलाई पनि हो क्यारे ! आदी पुरुषको भ्रम पूर्ण सन्देश सच्याउन चेतावनी दिनु, नसच्चिएसम्म त्यो चलचित्र रोक्ने कुरामा पूर्ण समर्थन छ तर एउटा चलचित्रको लेखकको एउटा गल्तीलाई लिएर सबै हिन्दी चलचित्र रोक्दा त्यो न्याय संगत हुन्न कि । 

याद गरौं - हामीले खाने खाना, नाना, नुन तेल, सबै उतै बाट आउँछ । हामी पुरै पर निर्भर छौं है । नक्कली र खोक्रो राष्ट्रवादको खेती चलिरहेकै छ, चलिरहने नै छ । जति अराजक भयो त्यति हाइ हाइ । भाइरल रोग व्याप्त छ । हामीलाई पनि त्यही भाइरल मात्र चाहिएको छ । नत्र कूटनीति के हो ? कस्तो हुनुपर्छ ? के गर्दा त्यसले अरू के के कुरामा असर गर्न सक्छ ? समाधान को बाटो कुन हो, के हो ? यता तिर हामीलाई सोच्न कहिले फुर्सद भयो र ! हाम्रो बुद्धिमा लागेको बिर्को खुल्ने कहिले हो थाहा छैन ।

 भगवान रामको जन्म चितवनको ठोरीमा भएको हो भनेर भन्दा हामीले मज्जाले ताली बजाएको, जिन्दाबाद भनेको, राष्ट्रवादी राजनेता भनेको सम्झिएर अब बार्दली बा ले कुन दिन सिता माताको जन्म काठमाडौँ को सिता पाइलामा भएको हो भन्दिन के बेर ! नेपालमा चल्ने नै यस्तै हो, चली आएको नै यस्तै हो । तर चर्का नारा, झुटका खेती र अराजकता समाधान होइनन हामीले बुझेको यत्ति हो । सत्य तितो हुन्छ । जय राष्ट्रवाद !!

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक