20230619

यो पनि नाटकै हो, नौटङ्की नै हो ! एउटा भविष्यवाणी लेखेरै राख्नुस


माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरूले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे लगतै नेताहरूले हातेमालो गरेर खुसी साटे ! 

* यो पनि नाटकै हो ! * नौटङ्की नै हो ! * घोषणा सभामा अर्का भारुराम अर्थात बाबुराम भट्टराई हाते साङ्लोमा छुट्नु पनि नाटकै हो * यी कुरूप अनुहारहरू पालै पालो भिर्ने, बोक्ने, लिभिङ टुगेदर गर्ने र काँध कुहाउने ओली, देउवाहरू पनि नौटङ्कीका प्रमुख पात्र नै हुन भन्ने हाम्रो ठम्याइ छ * यी र यस्ता कुरूप अनुहारहरूका पछाडि लाग्ने, आरती उतार्ने, शती जानेहरु पनि नौटङ्कीका सह पात्र नै हुन । तपाईँ लाई के लाग्छ कुन्नि ? हुनुहुन्छ कोही स्वतन्त्र र सत्य, तिता कुरा सुन्नी ??    

** एउटा भविष्यवाणी लौ लेखेरै राख्नुस :

१- प्रधानमन्त्रीबाट फुस्किने शङ्का मात्र लाग्यो भने भस्मासुरले काँग्रेसलाई लात हानेर फेरि ओली सँग सुन्तला फोक्न थाल्ने छन छतमा बसेर र सँगै हात हल्लाउने छन बार्दलीमा पसेर ।

२- कम्युनिस्ट त नेपालमा को नै छ र, सबै कमाउनिस्टहरु एकताका नाममा फेरि एक हुने छन । जुट्ने र फुट्ने क्रम जारी रहने छन । राजनीतिमा लाज शरम, नैतिकता, अनुशासन, बोलीको ठेगान केही नहुने त्यसै माथि यी कमाउनिस्टहरुलाई के को लाज !!




अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक