20230605

उडिसा रेल दुर्घटना अपडेटः मृतकको संख्या २८८ बढी पुग्यो, ९ सय जनाभन्दा बढी घाइते, २ सयभन्दा बढी एम्बुलेन्स परिचालन

 भारतको उडिसा राज्यमा धेरै वटा रेल आपसमा ठोक्कएर भएको दुर्घटनामा २ सय ८८ जनाको मृत्यु भएको छ । घटनामा ९ सय जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् । दुर्घटना भएको बालास्वर जिल्लामा घाइतेहरुको उद्दारका लागि २ सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको उडिसाका मुख्य सचिव प्रदीप जिनाले जानकारी दिनुभएको छ । शुक्रबार मध्यराति एउटा यात्रुवाहक रेल लिकबाट अर्को ट्रयाकमा खसेको र अन्य रेलहरु आएर आपसमा ठोक्किएपछि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । भारतमा भएको यो दुर्घटना शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो । घटना स्थलमा उद्दारको कार्य चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

केही भारतीय संचार माध्यमहरुले भने मृतकको संख्या २ सय ८८ पुगिसकेको बताएका छन् । भारतीय रेलवेका अनुसार दुर्घटनामा कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस नामक दुई रेलवे सेवाहरु संलग्न रहेका छन् ।

ठूलो र भयानक दुर्घटना भएकाले घटना स्थलमा १ सय बढी चिकित्सकहरु परिचालन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू दुःखी भएको बताउँदै शोक सन्तप्त परिवारसँग आफ्नो समवेदना रहेको बताउनु भएको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक