20230702

नारायणगढ-मुग्लिङ सडकखण्ड पटक पटक लामो समय बन्द हुँदा यात्रुहरुलाई सास्ती, यातायात र यात्रुहरु अलपत्र


 नारायणगढ-मुग्लिङ सडकखण्ड पटक पटक लामो समय बन्द हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । बिहीबार बन्द भएर शुक्रवार साँझ खुलेको सडक गए राति करिब ११ बजेदेखि बन्द हुँदा जाममा धेरै बेर बस्नु पर्दा दुख भएको यात्रुहरुले बताएका छन् । सडक लामो समय देखि बन्द भए पछि यात्रुहरु मुग्लिङ पारीको आबुखैरहनी गाउँपालिका तिरबाट जोखिम मोलेर भिरको बाटो हुँदै गन्तब्य तर्फ हिँडेका थिए ।

करिब ६ किलोमिटर हिडेर नारायणगढ मुग्लिङ सडकको ५ किलो भन्ने स्थानमा कतिपय यात्रुहरु आएका थिए ।नारायणगढ- मुग्लिङ सडक खण्डको तुइन खोलामा पुन: पहिरो झर्दा १५ घण्टा भन्दा बढी बन्द भएको थियो । उक्त स्थानमा बिहानदेखि ४ वटा मेसिनले पहिरो हटाउने काम भएको थियो । अहिले साँझ ६ बजेबाट एकतर्फी रुपमा सडक संचालनमा आएको छ ।

उक्त सडक बिहीवार बन्द हुँदा करिब २८ घण्टा पछि शुक्रबार खुलेको थियो । सडक बन्द हुँदा मुग्लिङ- दाशढुंगा- जुगेडी- रामनगर- नारायणगढमा यातायात र यात्रुहरु अलपत्रमा परेका थिए ।

नारायणगढ- मुग्लिङ सडक खण्डमा २० स्थानमा पहिरो नियन्त्रण गरिए पनि हाल नयाँ नयाँ स्थानमा पहिरो जाने गरेको सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर सागर कार्कीले बताउनु भयो ।

पहिरो धेरै ठुलो भएको कारण पहिरो हटाउन समय लागेको उहाँले बताउनु भयो । हिजो राति ११ बजे देखि बन्द भएको सडक अहिले ६ बजेदेखि खुलेको डिभिजन सडक कार्यालयका ईन्जिनियर सागर कार्कीले जानकारी दिनुभएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक