20230701

अब सबै भ्रमहरूबाट मुक्त हुन मन छ - रामप्रसाद खनाल

 न हात दिएर सुख पाइन्छ आजकल 

न साथ दिएर सुख पाइन्छ आजकल 

न औँलो दिएर सुख पाइन्छ आजकल 

न डुँडुलो दिएर सुख पाइन्छ आजकल

न टेक्ने डाली दिएर सुख पाइन्छ आजकल

न खानाको थाली दिएर सुख पाइन्छ आजकल 

न राम्रो कुरा पढाइदिएर सुख पाइन्छ आजकल 

न इज्जत, मर्यादा बढाइदिएर सुख पाइन्छ आजकल

न आफ्नै ठानेर सुख पाइन्छ आजकल 

न नजिकको मानेर सुख पाइन्छ आजकल

त्यसैले अब सबै भ्रमहरू बाट मुक्त हुन मन छ

कली युग हो यो ख्याल गर है आफ्नै मनले भन्छ

सधै कृतघ्नहरूलाई बोक्ने भरिया को बन्छ ??     

कोखमा छुरा रोप्नेहरूसँग टाढै बस्न मन छ !


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक