20230701

लगातारको वर्षासँगै झरेको पहिरोका कारण मुलुकका विभिन्न ९ स्थानका राजमार्गको यातायात अवरुद्ध

 लगातारको वर्षासँगै झरेको पहिरोका कारण मुलुकका विभिन्न ९ स्थानका राजमार्गको यातायात अवरुद्ध बनेको छ । मेची राजमार्ग अन्तर्गत केचना–ओलाङचुङगोला सडक क्षेत्र अवरुद्ध बनेको सडक विभागले जनाएको छ । त्यस्तै, तमोर करीडोर अन्तर्गत चतरा–गणेशचोक सडक खण्डमा समेत यातायात अवरुद्ध बनेको छ । उता, कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगरबाट किमाथाङ्का जोड्ने सडकमा पनि यातायात अवरुद्ध बनेको विभागले जनाएको छ । त्यस्तै, गण्डकी प्रदेश अन्तर्गत सिद्धार्थ राजमार्गको बेलहिया–पोखरा मार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक खण्ड समेत अवरुद्ध भएको छ । उता, राप्ती राजमार्ग अन्तर्गत अमेलिया–मुसीकोट सडकखण्ड समेत अवरुद्ध बनेको छ । प्राकृतिक विपद्का कारण अवरुद्ध यातायात यथाशिघ्र खोल्ने प्रयासमा रहेको सडक विभागले जनाएको छ । उपलब्ध स्रोत साधनको सहयोगमा हाल पहिरो हटाउने क्रम जारी राखिएको विभागका प्रवक्ता रामहरि पोखरेलले बताउनुभयो । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक