20230707

जन्मदिनको लाख लाख शुभकामना !


जन्मदिनको लाख लाख शुभकामना !
लुटेराहरूले बलजफ्ती गरेर, पेलेर, दिल्लीको निर्देशन र दिल्लीका सिल्लीहरूले बनाएको भनिएको देशको नयाँ नियम, कानुन, संविधान पनि पूर्ण पालना गरेको एक मात्र मान्छे, देशलाई माया गर्ने मान्छे, माटोलाई आत्मसाथ गर्ने मान्छे, बिना रक्तपात राजगद्दी त्यागेर र श्रीपेच बुझाएर हिँड्ने मान्छे, लोकतन्त्र गणतन्त्र जे जे तन्त्र ल्याऊ तर देश र जनताको भावना बुझ भन्ने मान्छे, यति बिघ्न हुँदा पनि चुप चाप सहेर बस्ने सहनशील मान्छे, सत्ताका लागि नेता र पार्टीहरूजस्तो लम्पसार परेर भारतसँग नझुकेको मान्छे, त्यही लम्पसार पर्न नजानेर राजा बाट नागरिक भएको एउटा देश प्रेमी मान्छे, बरु जनतासँगै झुकेको मात्र होइन दोब्रिएर बसेको मान्छे, नेपाल एकीकरण गर्ने पुर्खाको सन्तान, पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, साधारण, नेपाल वाद बाहेक अरू कुनै वाद नजान्ने र नमान्ने यो मान्छेका तर्फबाट पनि निस्वार्थ रूपमा जन्मदिनको लाख लाख शुभकामना । अहिलेका प्रितम सिंहका मितहरू, पालै पालो फुटेर जुटेर, सिनो बोकेर, गठबन्धन गरेर देश लुट्ने ठगहरू, अहिलेका यी श्री ६ बनेका देश र जनतामाराहरु, केन्द्र देखी गाउँ गाउँ सम्म छोंटे राजा बनेर जनता चुस्ने हरू भन्दा यिनी "सामन्ती राजा" "राजसंस्था" ठिक थिए बेठिक थिए आफै मूल्याङ्कन गरौँ । मलाई थाहा छ यसो भन्दै गर्दा, जन्मदिनको शुभकामना दिंदै गर्दा मलाई फेरी राजाबादी भनेर अपराधीहरुका दाशहरुले आरोप लगाउने छन तिनीहरुलाई मेरो उत्तर हुने छ - तिम्रा यी देशमारा, जनतामारा, ज्यानमारा, रगतमा होली खेलेर आएका, लुटतन्त्र मच्चाउने अपराधीका सरदारहरु भन्दा ज्ञानेन्द्र शाह भन्ने मान्छे हजार गुणा देश भक्त र राम्रा थिए, र हाल सम्म पनि यिनको चाल चलनले त्यही देखाउँछ । तितो लाग्न सक्छ तर सत्य यही हो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक