20230810

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ

 नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सिआइबीको अपरेशन जारी रहेको जनाइएको छ । यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको विषयमा सिआइबीले संसद् सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ ।

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक