20230808

बस दुर्घटना हुँदा २ जनाको मृत्यु, सात जना गम्भीर घाइते

 
रोल्पा / सहिदमार्गको तिला बजार नजिकै रिसि घुम्ती भन्ने ठाँउमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रोल्पाको बाघमारा देखि दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नं. को बस रोल्पाको तिला बजार नजिकै रिसि घुम्तीमा मंगलबार दिउँसो करिब १२:३० बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा परी करिब सात जना गम्भीर घाइते भएको जनाइएको छ । घाइतेको उद्धार कार्य भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब १०० मिटर तल खसेको छ । केही यात्रु बसले च्यापिएको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । थप विवरण आउन बाँकी छ ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक