20230825

धर्म र जातका आधारमा आफू आफूमै लड्ने, भिड्ने कुरा गर्नु पूर्णतया गलत छ । सद्भाव, भाइचारा, मेलमिलाप लाई कायम गरौँ । मिलेर बसौँ । कुनै पनि अतिबाद राम्रो होइन ।

 
- रामप्रसाद खनाल 

म देशमा रहूँ या विदेशमा, जहाँ गए पनि, जहाँ भए पनि हिन्दु थिएँ, हिन्दु हुँ र हिन्दु नै रहिरहने छु तर म सबै धर्म र आस्थाहरूको सम्मान गर्दछु । 

मैले देश विदेश घुम्दा, देख्दा अनुभव गरेको एउटा तितो सत्य के हो भने धेरै जसो धर्म र आस्थाहरूमा अत्यन्त राम्रा पक्ष हरू पनि छन र साथ साथै नराम्रा पक्ष, अन्ध विश्वासहरूको पनि कमी छैन । हामीले राम्रा पक्ष लाई अँगाल्ने हो, नराम्रा पक्ष लाई सुधार्दै, राम्रो बनाउँदै लैजाने हो । 

धर्मका आधारमा मान्छे लाई जोड्ने हो, विभक्त बनाउनु, तोड्नु अपराध हो । 

सदियौँ देखी मिलेर बसेका नेपालीहरूलाई धर्म, जात, क्षेत्रका आधारमा विभक्त बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न उद्धत प्रचण्ड बाबुरामहरूले रोपेको बिउ नेपालमा उम्रेको २०५२ फाल्गुन १ गते हो त्यस यता त्यो हलक्कै बढ्दै गएको मात्र छैन यसले कुन बेला देश धार्मिक र जातीय युद्धमा फस्ने हो भन्न नसकिने अवस्थामा पुगेको छ ।

 यस्तो अवस्थामा म सबै नेपालीहरूलाई एक नेपाली हुनुको नाताले विनम्र आग्रह गर्दछु - धर्म र जातका आधारमा आफू आफू मै लड्ने भिड्ने कुरा गर्नु पूर्णतया गलत छ । सद्भाव, भाइचारा, मेलमिलाप लाई कायम गरौँ । मिलेर बसौँ । कुनै पनि अतिबाद राम्रो होइन । धर्म र जातका आधारमा सदियौँ देखी मिलेर बसेका नेपालीहरूलाई फुटाउने, लडाउने, भँडाउने, राज गर्ने अपराधी, अराजकहरूलाई चिनौँ, तिरस्कार गरौँ । 

हामीले मान्ने सबै धर्म भन्दा ठुलो धर्म मानवता हो, मान्छे बन्न, मानवतालाई कदर गर्न सिकौँ । हामी सबैले आस्था राख्ने धर्महरूमा भएका विकृति, विसङ्गति, अन्ध विश्वास लाई तोड्दै अगाडि बढ्न, एक भएर, मिलेर बस्न, भाइचारा कायम गर्न हामी सबैलाई प्रेरणा मिलोस मेरो यही अपिल छ सबै सबै नेपाली दाजु भाइ, दिदी बहिनीहरूमा ।  

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page                                      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक