20230828

पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले एक प्रेस बिज्ञप्ती जारी गर्दै आफु बिरुध्द प्रकाशित समाचारको खण्डन, प्रेस काउन्सिल सहित सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि जाने जानकारी

 
पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले एक प्रेस बिज्ञप्ती जारी गर्दै आफु बिरुध्द प्रकाशित समाचारको खण्डन गर्नुभएको छ । केही दिनका लागि  अमेरिका भ्रमणमा रहेका खनालले अमेरिकाबाटै एक प्रेस बिज्ञप्ती जारी गर्दै भन्नुभएको छ : 

"कपोलकल्पित, भ्रमपूर्ण, झुट्टा र बेइमानी पूर्ण समाचारको सार्वजनिक खण्डन !  

कथित काठमाडौँ टुँडे नाम गरेको एउटा अनलाइनले हाल म व्यक्तिगत र पारिवारिक कामको सिलसिलामा केही दिनका लागि अमेरिका भ्रमणमा रहेका बेला मेरो चरित्र हत्या गर्दै "६० केजी सुन तस्करी प्रकरण: पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता खनाल" शीर्षकमा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ । उक्त समाचार कपोलकल्पित, भ्रमपूर्ण, झुट्टा र बेइमानी पूर्ण भएकोले त्यसको खण्डन गर्दै उक्त अनलाइनका विरुद्ध कानुनी कारबाहीका लागि अगाडि बढेको म मेरा सबै शुभचिन्तक, पार्टी पङ्तीमा जानकारी गराउन चाहन्छु । भोली सम्ममा यही बाटै प्रेस काउन्सिलमा पनि उजुरी दिने र आवश्यकता अनुसार उक्त अनलाइन लाई कानुनी दायरामा ल्याउन नेपाल फर्कना साथ अघि बढ्ने पनि जानकारी गराउन चाहन्छु । 

मेरो जीवनकालमा, मैले प्रहरी सेवामा प्रवेश गरे देखी प्रहरी महा निरीक्षक बनेर काम गर्दा सम्म कहिल्यै पनि नियम कानुन संविधानको बर्खिलाप हुने गरी कुनै काम गर्दा पनि गरिन र गर्न पनि दिइन । त्यसै कारण गैर कानुनी काम गर्ने, ठगी धन्दा चलाउनेहरू मेरा विरुद्ध लागि नै रहे । मैले कुनै गैर कानुनी काम गरेको पनि छैन र यदि कहीँ कतै बाट त्यस्तो प्रमाणित हुन्छ भने म देशको प्रचलित नियम कानुन संविधान अनुसार कारबाही भोग्न तयार रहेको बताउँदै काठमाडौँ टुडे जस्ता कथित अनलाइनलाई जथाभाबी नलेख्न, चरित्र हत्या नगर्न चेतावनी दिँदै उक्त समाचारको खण्डन प्रकाशित गर्न अनुरोध गर्दछु । यदि तुरुन्त खण्डन प्रकाशित नभए प्रेस काउन्सिल सहित सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि जाने कुरा यसै सार्वजनिक पोस्ट र प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँछु ।" 

- सर्बेन्द्र खनाल, पूर्व प्रहरी महानिरीक्षक 

अगस्त २८, २०२३, हाल अमेरिका 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page                   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक