20230828

तालिबान सरकारले अफगानिस्तानको प्रसिद्ध राष्ट्रिय निकुञ्ज ’ब्यान्ड–ए–अमिर’ मा घुमफिरका लागि महिलालाई प्रतिबन्ध लगायो

 तालिबान सरकारले अफगानिस्तानको प्रसिद्ध राष्ट्रिय निकुञ्ज ’ब्यान्ड–ए–अमिर’ मा घुमफिरका लागि महिलालाई प्रतिबन्ध लगाएको छ । बामियान प्रान्तमा अवस्थित उक्त निकुञ्जमा महिलाले हिजाब नलगाई प्रवेश गरेकाले उनीहरूमाथि प्रतिबन्ध लगाएको बताइएको छ । अफगानिस्तानका संस्कृति मन्त्रालयका कार्यवाहक मन्त्री मोहम्मद खालेद हानाफीका अनुसार महिला उक्त पार्कमा हिजाब बिना प्रवेश गरेका थिए । सोही कारण मन्त्री हानाफीले धर्मगुरु र सुरक्षा निकायलाई समस्या समाधान नभएसम्म महिलालाई प्रवेशमा रोक लगाउने नीति लिएका हुन् । २००९ मा स्थापना भएको उक्त पार्क पर्यटकलाई आकर्षित गर्ने अफगानिस्तानको प्रमुख गन्तव्यमध्ये एक मानिन्छ । चर्चित पर्यटकीय गन्तव्यमा महिलालाई प्रतिबन्ध लगाएपछि पारिवारिक जमघट र घुमफिर घट्न सक्ने आँकलन गरिएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक