20230930

९ महिनामा भूमध्यसागर पार गरेर युरोप जाने क्रममा २५ सय भन्दा बढी शरणार्थीको मृत्यु, उता उत्तर कोरियाले आणविक हतियारको उत्पादन बढाउने बारे संविधानमा संशोधन

 पछिल्लो ९ महिनामा भूमध्यसागर पार गरेर युरोप जाने क्रममा २५ सय भन्दा बढी शरणार्थीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले विभिन्न मूलुकबाट गैरकानुनी रुपमा युरोप प्रवेश गर्ने २५ सय बढीको मृत्यु भएको जनाएको हो । सोही अवधिमा करिब १ लाख ८६ हजार मानिस गैरकानुनी रुपमा युरोप पुगेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्ध हेर्ने निर्देशक रुभेन मेनिक डिवेलाले गैरकानुनी रुपमा भूमध्यसागर पार गरि युरोप पुगेका १ लाख ८६ हजार मध्ये ८३ प्रतिशत अर्थात करिब १ लाख ३० हजार मानिस इटाली पुगेको बताउनुभएको छ । त्यस्तै, भूमध्यसागर पार गरेका अन्य शरणार्थीहरु ग्रीस, स्पेन, साइप्रस र माल्टा लगायतका देशहरुमा पुगेका मेनिकडिवेलालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । 

प्राप्त एक अर्को समाचार अनुसार उता उत्तर कोरियाले आणविक हतियारको उत्पादन बढाउने बारे संविधानमा संशोधन गरेको छ । अमेरिकी उत्कसाहट र दबाबका कारण आणविक हतियार उत्पादन र परीक्षण गर्ने निर्णय गरेको उत्तर कोरियाको दाबी छ । उत्तर कोरियाको संसदको दुई दिने बैठकमा संविधानको पुनरावलोकन गर्दै संशोधनको निर्णय गरेको हो । युद्ध रोकथाम र मुलुकको अस्तित्वका निम्ति आणविक हतियार उत्पादन गर्नुपर्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

उत्तर कोरियाको आणविक हतियार उत्पादनको नीतिलाई स्थायी कानूनका रुपमा राज्यले नै स्वीकार गरेको उत्तर कोरियाली नेता किम जोंङ्ग उनले बताउनुभएको छ । संसदमा सम्बोधन गर्दै नेता किमले हतियार उत्पादनमा तीब्रता दिंदै अन्य पक्षमा समेत मुलुकलाई सक्षम बनाउन लागेको रोयटर्सले उल्लेख गरेको छ । अमेरिकाले दक्षिण कोरियासँग सैन्य प्रशिक्षण गर्दै कोरियाली प्रायद्धिपमा युद्धका लागि तीव्र दबाब सृजना गरेको उत्तर कोरियाली विश्लेषण छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक