20230930

साबधान काठमाडौंबासीहरु : डेङ्गी सङ्क्रमणका बिरामी बढे, उता बंगलादेशमा पछिल्ला साताभित्र डेंगी संक्रमणका कारण झन्डै १ हजार मानिसको मृत्यु

 
काठमाडौँ /  पछिल्लो समय काठमाडौँमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि डेङ्गीका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् । डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलको भनाइ छ ।

कात्तिक मध्यसम्म डेङ्गीको जोखिम रहनसक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । काठमाण्डौ महानगरपालिकामा असोज पहिलो सातासम्म सङ्क्रमित शून्यको अवस्थामा रहेका थिए । तर अहिले एकाएक सङ्क्रमितको संख्या बढ्न थालेको छ । नेपालमा डेङ्गी सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो । 

प्राप्त एक अर्को समाचार अनुसार उता बंगलादेशमा पछिल्ला साताभित्र डेंगी संक्रमणका कारण झन्डै १ हजार मानिसको मृत्यु भएको छ । डेंगी संक्रमण व्यापक फैलिंदा जाँदा राजधानी ढाकासहितका क्षेत्रमा अस्पतालहरु विरामीले भरिएका छन् । संक्रमण रोकथामका लागि बंगलादेश सरकारले चुनौतीको सामना गरिरहेको छ ।

बंगलादेशमा सन् २००० मा पहिलो पटक बंगलादेशमा डेंगी संक्रमण देखिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार बंगलादेशका ६४ वटै जिल्लामा डेगीे संक्रमण फैलिएको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक