20231205

युट्युबमा भ्यूज बढाउन जानाजान आफ्नो विमान दुर्घटना गराएको पुष्टि भएपछि अमेरिकाका ३० वर्षिय युट्युबर ट्रेभर जेकबलाई ६ महिनाको जेल सजाय !

 युट्युबमा भ्यूज बढाउन जानाजान आफ्नो विमान दुर्घटना गराएको पुष्टि भएपछि अमेरिकाका ३० वर्षिय युट्युबर ट्रेभर जेकबलाई ६ महिनाको जेल सजाय तोकिएको छ । जेकबले अमेरिकी अन्वेषकहरुसंग झूटो बयानसमेत दिएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जेकबले २०२१ को डिसेम्बरमा भएको विमान दुर्घटनाको भिडियो पोस्ट गरेपछि त्यसको पुष्टी भएको हो । उनी सेल्फी खिच्दै प्लेनबाट बाहिर निस्केर प्यारासुटमा तल झरेका थिए । २३ डिसेम्बर २०२१ मा युट्युबमा अपलोड गरिएको भिडियोमा लाखौं भ्युज थियो । तर पछि त्यसलाई हटाइएको थियो । विमान उडेको ३५ मिनेटपछि लसप्याड्रेस राष्ट्रिय वनमा विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि उनले भिडियो अपलोड गरेका थिए । सो भिडियो एक वालेट प्रचारका लागि बनाइएको दाबी गरिएको छ । केही दर्शकहरूले भिडियो हेरेपछि दुर्घटनाको बारेमा शंका गरेका थिए ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक