20231205

नेत्र विक्रम चन्दसहित चार जना नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी, नेत्र विक्रम चन्दसहित चार जना नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको विरोधमा आन्दोलन घोषणा

 नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दसहित चार जना नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।  ३५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश जारी गर्दै सो पार्टीका अध्यक्ष चन्दसहित स्थायी समिती सदस्य खड्कबहादुर विश्वकर्मा, केन्द्रिय सदस्य माइला लामा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की विरुद्ध पक्राउ पूर्जी जारी गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिनुभयो । अदालतका अनुसार २०७६ असोज ९ मा राज्य विरुद्धको कसुर मुद्दा दायर भएको थियो । सोही मुद्दाका आधारमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएको दाहालले बताउनुभयो । अदालतले आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जनाएको हो । तोकिएको समय भित्रमा उपस्थित नभए कानुन अनुसार मुद्दा अघि बढ्ने सूचनामा उल्लेख छ । 

यसै बिच नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ । सरकारसँगको तीन बुँदे सहमतिमा उल्लेखित विषयलाई बेवास्ता गर्दै पक्राउ पुर्जी जारी भएको भन्दै नेकपाले विरोध स्वरुप आन्दोलन घोषणा गरेको हो । काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दामा हिजो नेकपाका महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र पोलिटब्युरो सदस्य माइला लामाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । चन्दद्वारा जारी विज्ञप्तिमा अदालतको सो कार्य २०७७ साल फागुन २१ गते गरिएको ३ बुँदे सहमति विपरित भएको उल्लेख छ । 

सो सहमतिको एक बँुंदामा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको नेकपाले स्मरण गराएको छ । महासचिव चन्दले राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नुपर्ने अदालतले नै गैर कानूनी कदम चालेको आरोप लगाउनु भएको छ ।  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक