20231206

२ को मृत्यु, ४ घाइते, ४ वटा दमकलले आगो नियन्त्रणमा लिए !


 
विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मुख्य बजारको बीचमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आगलागीमा परी विराटनगर वडा नं. ६ का दीपक मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो । उहाँले अर्का एक जनाको कवाडी गोदाममा नै मृत्यु भएको र उनको पहिचान नखुलेको बताउनु भयो ।

दिउँसो करिब डेढ बजे परफ्युमको बट्टा फुटाल्ने क्रममा कवाडीमा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदार किशोर पासमानले बताउनु भयो । आगलागी शुरु भएपछि बाहिरका केही मानिस आएर आफुहरुलाई उद्धार गरी अस्पताल लगेको पासमानले जानकारी दिनुभयो । आगलागीमा परेका दीपक मण्डलको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा घाइते अन्य ३ जना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने किशोर पासमानको कोशी अस्पतालमा उपचार भइरहेकेा छ । न्यूरो अस्पतालमा उपचाररत दुई जनाको अवस्था चिन्ताजनक रहेकाले उनीहरुलाई राजधानी काठमाण्डौँ लैजाने तयारी गरिएको प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।

करिब २ घण्टा पछि आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरपालिकाको दुई वटा, दुहबी र सुन्दर हरैँचाको एक एक गरी ४ वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक