20231211

आप्रवासी विद्यार्थी र कामदारको संख्या अत्याधिक हुँदा मुलुकको आप्रवासन सम्बन्धी प्रणालीमा निकै भार परेको भन्दै अष्ट्रेलिया सरकारले भिषाको संख्या आधा घटाउने निर्णय

 
अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थी र कामदार भिषाको संख्या आधा घटाउने निर्णय गरेको छ । आप्रवासी विद्यार्थी र कामदारको संख्या अत्याधिक हुँदा मुलुकको आप्रवासन सम्बन्धी प्रणालीमा निकै भार परेको भन्दै अष्ट्रेलिया सरकारले सो निर्णय गरेको हो । आगामी दूई वर्षमा आप्रवासीको संख्या आधा घटाउँदै विद्यार्थी र कामदार प्रवेशलाई कडा बनाउने निर्णय गरीएको छ । विदेशी विद्यार्थीले अंग्रेजी परीक्षण परीक्षामा उच्च अंक ल्याउनुपर्ने तथा दोश्रो पटक विद्यार्थी भिषा प्रयोग प्रक्रियालाई कडा बनाउने निर्णय गरेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन् । विद्यार्थीहरुको बसाई लम्बिँदा मुलुकको आप्रवासन सम्बन्धी नियममा भार परेको अष्ट्रेलिया सरकारको निष्कर्ष छ । मुलुक भित्रको आप्रवासलाई सन्तुलनमा ल्याउँदै दिगो बनाउने पक्षमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बानिजले बताउनुभएको छ । अष्ट्रेलियामा सन् २०२२÷२३ मा ५ लाख १० हजार आप्रवासी प्रवेश गरेका छन् ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page                          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक