20231215

एक महिलाको बीभत्स हत्या, हत्या गर्ने चन्द फरार !

 बैतडीको सुर्नया गाउँपालिका–३ मा एक महिलाको बीभत्स हत्या गरिएको छ । सुर्नया गाउँपालिका वडा नं ३ को बिजुलका ३२ बर्षीय तेज बहादुर चन्दले सोही ठाउँकी ६१ वर्षीया हरिना विष्टलाई आज दिउँसो धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेका हुन् । बिष्टको शव क्षतविक्षत अवस्थामा घरको ढोकामा रहेको छ । शव देखेका स्थानीयबासीहरु त्रसित बनेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको छ । हत्या गर्ने चन्द भने फरार छन् । मानसिक सन्तुलन ठिक नभएका चन्दले बिष्टको घरमै गएर सब्बल, हसिया लगायतका धारिलो हतियार प्रयोग गरेर महिलाको बीभत्स तवरले हत्या गरेका हुन् । घरमा कोही नभएको मौका छोपेर गएका चन्दले बिष्टको हत्या गरेपछि गोठका २

वटा बाख्रा पनि मारेको स्थानीय भुवन भट्टले जानकारी दिनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक