20231201

इजरायल र हमासबीचको अस्थायी युद्धविराम समाप्त भएपछि गाजामा फेरि युद्ध सुरु, स्थानीयलाई सुरक्षाको लागि भाग्न चेतावनी

 इजरायल र हमासबीचको सात दिने अस्थायी युद्धविराम समाप्त भएपछि गाजामा फेरि युद्ध सुरु भएको छ । इजरायली जेलमा २ सय ४० प्यालेस्टिनी कैदीको बदलामा हमासले १ सय बढी बन्धकहरूलाई रिहा गरेको एक हप्तापछि पुनः युद्ध सुरु भएको छ । इजरायली सेनाले गाजाका केही भागका स्थानीयलाई सुरक्षाको लागि भाग्न

चेतावनी समेत दिएका छन् । आजै मात्र भएको आक्रमणमा दर्जनौं प्यालेष्टाइनीले ज्यान गुमाएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि अमेरिकाले गाजाको उत्तरी क्षेत्रमा भएको मानवीय क्षति दक्षिणमा दोहोरिन नहुने चेतावनी दिएको थियो ।

हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाले ज्यान गुमाएका थिए । यस्तै २ सय ४० जनालाई विद्रोही समूह हमासले बन्धक बनाएको थियो ।   इजरायलले सुरु गरेको प्रतिशोध अभियानमा करिब ६ हजार बालबालिका सहित १४ हजार ८ सय बढी मानिस मारिएको हमासले दाबी गरेको छ । यसैबीच हमासले युद्धविरामका सर्तहरू पालना नगरेकाले आक्रमण सुरु गर्नुपरेको इजरायलले दाबी गरेको छ । युद्धविराम अवधीको अन्तिम समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले थप बन्धकहरूलाई रिहा गर्न सहमत नभएर युद्धविरामको सर्तहरूको उल्लंघन गरेको आरोप लगाउनु भएको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक