20240116

उत्तर र दक्षिण कोरियाबीच तनाव चर्कँदै, उत्तर कोरियालाई ‘ठूलो बलको प्रयोग गरेर’ जवाफ दिने चेतावनी

 उत्तर र दक्षिण कोरियाबीच तनाव चर्कँदै जाँदा दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलले यदि आफ्नो देशलाई उक्साउने गतिविधि भएमा उत्तर कोरियालाई ‘ठूलो बलको प्रयोग गरेर’ जवाफ दिने चेतावनी दिएका छन्। उत्तर कोरियाली सर्वोच्च नेता किम जङ अनले एक भाषणमा आफ्नो देशको संविधानमा परिवर्तन गरेर दक्षिण कोरियालाई ‘मुख्य दुस्मन र प्रधान शत्रु’ का रूपमा व्याख्या गरिनुपर्ने बताएका विवरणका माझ दक्षिणका राष्ट्रपतिको त्यस्तो प्रतिक्रिया आएको छ।

उनले त्यस्तो परिवर्तन गरिँदा युद्ध भएको खण्डमा दक्षिण कोरियाली भूभाग उत्तरमा गाभ्न सकिने व्यवस्था पनि गरिनु पर्ने टिप्पणी गरेका थिए।

'सहकार्य प्रवर्धन गर्ने निकायहरू भङ्ग'

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी 'केसीएनए'का अनुसार सोमवार एउटा महत्त्वपूर्ण संसदीय बैठकलाई सम्बोधन गर्दै नेता किमले दक्षिण कोरयालाई मेलमिलाप र एकीकरणको उद्देश्यका निम्ति आफ्नो देशको सहयात्रीका रूपमा परिभाषित नगर्न कानुनी उपायहरू तयार पार्न आग्रह गरेका थिए।

जबाफमा दक्षिण कोरियाका राष्ट्रपतिले भनेका छन्, “उत्तर कोरयाली अधिकारीहरूले दक्षिण र उत्तर कोरियालाई समान मूल भएका देशका रूपमा नभई दुई शत्रुतापूर्ण सम्बन्ध भएका राष्ट्रका रूपमा व्याख्या गरेका छन्। यसबाट उत्तर कोरियाली सत्ताले आफ्नो चरित्र राष्ट्रविरोधी र इतिहासविरोधी रहेको स्वीकार गरेको छ। यो कोरियाली गणतन्त्रलाई विभाजित तुल्याउने र हाम्रा जनताको मनमा संशय उत्पन्न गराउने राजनीतिक उक्साहट हो।”

उनले “दक्षिण कोरियाले एकजुट भएर उत्तरको भ्रमपूर्ण गतिविधि र मिथ्या प्रचारलाई पराजित गर्नुपर्ने” पनि बताए।

यसैबीच उत्तर कोरियाले अन्तरकोरियाली संवाद र सहकार्य प्रवर्धन गर्ने उद्देश्य बोकेका तीनवटा निकायलाई पनि भङ्ग गरिदिएको छ।

दुई देशबीच यस्ता अप्रिय प्रकृतिका भनाभनको घटनाको सङ्ख्या गत एक वर्षदेखि बढ्दै गएको देखिएको छ।

ती देशबीचको सम्बन्ध निम्न बिन्दु मा पुगेको छ र दुवैले आआफ्ना सैन्य क्षमतालाई पनि बढाउँदै लगिरहेका छन्। - BBC

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक