20240117

माओवादीले संस्कृत पढाउनु अपराध भन्दै स्कुलबाट थुतेर लगी रुखमा दुई हात खुट्टा बाँधेर गोली हानी बीभत्स हत्या गरिएका एउटा निर्दोष शिक्षक मुक्तिनाथ अधिकारी मारिएको कालो दिन आज !


 प्रचण्ड, बाबुराम नाम गरेका र तत्कालीन शेर बहादुर देउवा सरकारद्वारा आतङ्ककारी, हत्यारा घोषित गर्दै टाउकाको मुल्य समेत तोकिएका आततायीहरूले नेतृत्व गरेको माओवादीले संस्कृत पढाउनु अपराध भन्दै स्कुलबाट थुतेर लगी रुखमा दुई हात खुट्टा बाँधेर गोली हानी बीभत्स हत्या गरिएका एउटा निर्दोष शिक्षक मुक्तिनाथ अधिकारी मारिएको कालो दिन आज । स्वर्गीय अधिकारी प्रति हार्दिक श्रद्धाञ्जली ! अरू देशमा भएको भए यी आतङ्ककारी हत्याराहरू फाँसीमा चढ्थे, तर नेपालमा यिनीहरू यस्तै लासहरूको भर्‍याङ चढ्दै, कहिले एमाले, कहिले काँग्रेस र अन्यको बुई चढेर पटक पटक शासन चलाइरहेका छन् गद्दाफी र सद्दामले जसरी । खेद छ यी अपराधीहरूलाई पालै पालो बोक्ने राजनीतिक हिजडा एमाले, काँग्रेस, माकुने समाजबादी  लगायत अन्यहरू प्रति पनि । न्याय हराएको देश, मानवीयता र नैतिकता हराएको देशमा जन्मिनु नै तपाईँको दोष भएछ मुक्तिनाथ गुरु ! तपाईँको रगतले यी अपराधीहरू र यिनका सात पुस्तालाई भतभती पोलिरहने छ । खोइ अरू के भनौँ र !

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक