20240108

साथीहरूलाई हृदयदेखि मेरा केही आग्रह !

 - रबीन्द्र मिश्र 

मलाई थाहा छ मलाई स्नेह र श्रद्धा गर्ने साथीहरूले स्नेह र श्रद्धापूर्वक नै मलाई कयौँ कुरामा जोड गरिरहनुभएको हुन्छ। त्यो स्नेह र श्रद्धालाई सदा अक्षुण राख्न म केही अनुरोध गर्न चाहन्छु। सार्वजनिक रूपमैँ यति भनिसकेपछि सजिलो हुन्छ भन्ने विश्वास लिएको छु।

१। मेरो घाँटीमा एउटा माला/खादा छ भने, जति नै स्नेह र श्रद्धा भए पनि कृपया अर्को/अर्को/अर्को/अर्को/अर्को नथपिदिनुहोला। यो देशमा कान थुनिने र आँखा छोपिने गरेर माला/खादा लगाउनेहरूले कान पनि सुन्दैनन् र आँखा पनि देख्दैनन्।

२। यात्रा गर्दा विमानस्थलको VIP कक्ष मेरो लागि होइन। कसको लागि हो भन्ने सूचना नेपाल राजपत्रको भाग ५, खण्ड ६४, संख्या १२ ( बिसं २०७१) मा उल्लेखित छ।

त्यसैले सो कोठा प्रयोग गर्ने हक भएका व्यक्तिहरूसँग यात्रा गर्दा पनि मलाई उहाँहरूसँगै VIP कक्षमा बस्न र सो कक्षबाट आऊ/जाऊ गर्न जोड नगरिदिनुहोला।

सहयात्रीहरूसँग छुट्टिएर अर्को द्वार प्रयोग गर्दा विदाइ/स्वागत गर्न आएका साथीहरूलाई अफ्टेरो पर्न सक्छ। तर मैले नै यति भनिसकेपछि अफ्टेरो मान्नु पर्ने अवस्था रहँदैन। त्यसमा पनि हाम्रो भेट बाहिर भइहाल्छ।

३। मलाई औपचारिक बैठक र कार्यक्रमहरूमा बाहेक अन्यत्र सम्वोधन गर्दा पार्टीको “पद”ले होइन “नाम (रवीन्द्र जी)” ले सम्वोधन गरिदिनुभयो भने अत्यन्तै खुशी हुनेछु। ‘जी’ नेपाली भाषामा सम्मानसूचक शब्द हो।

४। अत्यावश्यकीय अवस्थामा बाहेक मलाई पार्टीका हरेक कार्यक्रममा मञ्चमैँ बस्न जोड नगरिदिनुहोला। म दर्शकदीर्घामा पार्टीका अन्य साथीहरूसँग मिसिएर बस्न रूचाउँछु।

मेरा यी चाहनाबारे पार्टीका कयौँ साथीहरू अवगत हुनुहुन्छ तर सबैलाई जानकारी होस् भन्नाका लागि सार्वजनिक रूपमैँ यो सन्देश लेखेको हुँ। यो सन्देशलाई अन्यथा नलिइदिन आग्रह गर्दछु।

मैले यति अनुरोध गर्नुको अर्थ अरूले पनि त्यसै गर्नु पर्छ भन्ने होइन। कतिपय विषयहरू आ-आफ्नो बलियो रूची र चाहनाका हुन्छन्। मैले मेरो रूची र चाहना मात्र उल्लेख गरेको हुँ।

हामी हाम्रो लक्ष्यमा छिटोभन्दा छिटो पुग्न सकौँ। देश बने हामी सबै स्वत: बनिहाल्छौँ !





अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक