20240122

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको भर्खरै सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित चन्द्रमणि गौतम सहित सिङ्गो टिमलाई बधाई तथा शुभकामना !

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको भर्खरै सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित चन्द्रमणि गौतम सहित सिङ्गो टिमलाई अमेरिकाबाट बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । लोक तथा दोहोरीको क्षेत्रमा बढ्दै गएका विकृति र विसङ्गतिका विरुद्ध खबरदारी गर्न र यो पवित्र क्षेत्रलाई सधैँ स्वच्छ र मर्यादित बनाउन नयाँ कार्य समितिलाई थप प्रेरणा मिलोस् खनालले भन्नुभएको छ ।     
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नयाँ नेतृत्व पाएको छ । संस्थाको पाँचौँ महाधिवेशनबाट चन्द्रमणि गौतमको नेतृत्वमा पन्ध्र सदस्य नयाँ कार्यसमिति चयन भएको छ । 

निर्विरोध चयन भएको कार्यसमितिमा अध्यक्षमा चन्द्रमणि गौतमसँगै संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाइ, सहसचिवमा शिवराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाईँ र सह कोषाध्यक्षमा कल्पना रेग्मी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा गोपीकृष्ण चापागाईँ, सविता पोखरेल, तुल बहादुर परियार, शिखर जङ्ग श्रेष्ठ , करिस्मा केसी, विनीता कुँवर क्षेत्री, बाबुराम सिग्देल, कविराज ढकाल चयन भएका छन् ।चयन भएसँगै अध्यक्ष गौतमले लोक सञ्चारकर्मीको हकहितका लागी काम गर्ने बताए । उनले लोकगीतसँगै लोकसंस्कृति, सम्पदा, भेसभुसा, परम्परा, लोक साहित्य विधामा निरन्तर सञ्चारमाध्यम मार्फत आवाज उठाइरहेका सञ्चार कर्मीहरूको भलोका लागी संस्थाले सदैव काम गर्ने र देश भरीका त्यस्ता सञ्चारकर्मीको पहिचान गरी संस्थामा आबद्ध गराउने बताए । साथै उनले लोक सञ्चारकर्मी कल्याणकारी कोषको पनि छिट्टै नै स्थापना गर्ने घोषणा गरे ।


यस्तै संस्थाका संस्थापक अध्यक्ष गोविन्द गिरीले नयाँ कार्यसमितिलाई बधाईसँगै शुभकामना दिए । उनले अहिलेको समय डिजिटल दुनियाँमा धेरै अगाडी पुगिसकेको र समयसँगै पत्रकारिता गरिरहेका युवाहरू नयाँ कार्यसमितिमा आएको भन्दै खुसी व्यक्त गरे । संस्थाको विसं २०६५ सालमा तत्कालीन गोरखा एफएमका लोक गीतको कार्यक्रम सञ्चालक गिरीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति गठन भएको थियो ।


 अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक