20240122

१७ वर्षीय राजबहादुर मल्लको हत्याको घटनामा प्रचण्डको माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी !


 सत्ता र शक्तीको भरमा मात्र बाँचेका यी अपराधीहरु । कुनै दिन त्यो ढिलो चाँडो होला तर यिनिहरु र यिनिहरुका अपराधी मतियारहरु गद्दाफी र सद्दाम बन्ने छन । उनिहरुहरुका समर्थक जस्तै नियती भोग्न वाध्य बन्ने छन । विश्व इतिहासले त्यसै भन्छ । यसै बिच प्रचण्डको माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहविरुद्ध
पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिए । अदालतले सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी गरेको छ। १५ वर्षअघि भएको हत्याको घटनामा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो।

हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो। किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। पदमबहादुर रावत, पञ्चा सिंह, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। पञ्चा सिंहले भने यसबारे आफूलाई जानकारी नभएको बताएकी थिइन्। केही दिन अघि समाचार बाहिरिएपछि उनले सामाजिक सञ्चालमार्फत यसबारे छानबिन गर्नुपर्ने भन्दै लेखेकी थिइन्।

 अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक