20240106

धनगढी उपमहानगरपालिका : एउटा स्वतन्त्र मेयर जो प्रचारबाजीमा होइन काम मा सँलग्न बनेर जनताको वाहवाही बटुलिरहेका छन !

 हर्क राइ "हर्के" बनिसकेको, बालेनलाई यो पनि "सन्काहा" रहेछ भनेर जनताले भनिसकेको अवस्थामा एउटा स्वतन्त्र मेयर जो प्रचारबाजीमा होइन काम मा सँलग्न बनेर जनताको वाहवाही बटुलिरहेका छन । धनगढीबासी भन्छन हामीलाई चाहिए जस्तै मेयर पाएका छौं हामी अहिले खुशी छौं ।  

 कैलालीको धनगढीमा छुट्टै ‘साइकल लेन’ सञ्चालन भएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा शनिबारदेखि छुट्टै ‘साइकल लेन’ सञ्चालन गरिएको हो । कैलाली भन्सारदेखि धनगढी एयरपोर्ट गेटसम्मको सडकको दुवैतिर गरी १४ किलोमिटर सडकमा धनगढी उपमहानगरपालिकाले ‘साइकल लेन’ निर्माण गरेर सञ्चालनमा ल्याएको हो । धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा सो ‘साइकल लेन’ निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।


कैलाली भन्सारदेखि एयरपोर्ट गेटसम्म ७ दशमलव १४ किलोमिटर दाँया र ७ दशमलव १४ किलोमिटर बाँया सडकको साइडमा ‘साइकल लेन’ निर्माण गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । ‘साइकल लेन’ निर्माणका लागि धनगढी उपमहानगरपालिकाले विकास निर्माण सेवा बाँकेसँग ४४ लाख ९१ हजार चार सय २१ रुपैयाँमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । निर्माणको कार्य निर्धारित समयमा सम्पन्न भएपछि शनिबार धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकलाकुमारी रानाले धनगढीको ट्राफिक चौराहमा हरियो झन्डा देखाएर ‘साइकल लेन’को उद्घाटन गरिन् । उपप्रमुख रानाले हरियो झण्डा देखाएर ‘साइकल लेन’को उद्घाटन गरेपछि धनगढीका नगर प्रमुख गोपाल हमालसहितका साइकल यात्रीहरुले धनगढीको ट्राफिक चौराह हुँदै भन्सार र भन्सार हुँदै एयरपोर्ट मार्गसम्म साइकल चलाएका थिए ।

‘साइकल लेन’मा साइकल चलाउँदै नगर प्रमुख हमालले सडकमा रेखांकन गरिएको क्षेत्रमा मात्र साइकल चलाउन आग्रह गरेका थिए । उनले भने– ‘साइकल यात्रीको पनि सडकमा हक हुने भन्दै ठूला सवारीका चालकहरुलाई सन्देश दिन साइकल यात्रा गरेको बताए । धनगढी उपमहानगरले साइकलका लागि छुट्टै ठाउँ दिएको बताउँदै नगर प्रमुख हमालले बीच सडकमा साइकल नचलाउन सबैलाई अनुरोध गरे । सडकमा साइकलबालाको पनि अधिकार हुने र छुट्टै ठाउँ दिएपछि दुर्घटना पनि कम हुने नगर प्रमुख हमालले बताए । धनगढी उपमहानगरपालिकाले पर्यावरण, सडक सुरक्षा र साइकल यात्रीको सुरक्षाका लागि छुटेटै ‘साइकल लेन’ निर्माण गरिएको बताएको छ ।

नगर प्रमुख हमालले भने– ‘पर्यावरण र स्वास्थ्यमा साइकल चलाउदा राम्रो हुन्छ । साइकल यात्रीहरुको सम्मानका लागि हामीले पहिलो चरणमा ६ लेनमा ‘साइकल लेन’ बनाएका छौ । क्रमिक रुपमा अन्य सडकमा पनि ‘साइकल लेन’ छुट्याउनेछौ ।’ सुदूरपश्चिममै पहिलो पटक तथा नेपालको दोस्रो साइकल लेन धनगढी उपमहानगरपालिकाले निर्माण गरेको छ । यसअघि ललितपुर महानगरपालिकाले स ‘साइकल लेन’ बनाएर सञ्चालन गरेको छ ।

‘साइकल लेन’ उद्घाटन समारोहमा उपस्थित साइकल यात्री भरतविक्रम शाहले नेपालमा पहिलो पटक लामो साइकल लेन धनगढीले बनाएको बताए । साइकललाई सम्मानको रुपमा नहेरिएको बताउँदै साइकल यात्री शाहले धनगढीले १४ किलोमिटर बढी लामो ‘साइकल लेन’ बनाएर साइकल यात्रीलाई सम्मान गरेको बताए । धनगढी उपमहानगरले नेपालमा पहिलो पटक लामो साइकलमैत्री सडक निर्माण गरेर सञ्चालनमा ल्याएपछि साइकल यात्री खुसी भएका छन् । उनीहरुले अब निर्माण हुने हरेक सडकमा अनिवार्यरुपमा छुट्टै ‘साइकल लेन’ बनाउनुपर्ने प्रावधान राख्न धनगढी उपमहानगरपालिकालाई माग समेत गरेका छन् ।



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक