20240202

गायक, सर्जक कृष्ण देबकोटाका सुपुत्र आकाश देवकोटाले अग्रेजी गीतमा आफ्नै सोलो म्युजिक भिडियो बनाए

 अमेरिका / लोकगीत र दोहोरीगीतको क्षेत्रका एकजना राम्रो गायक, सर्जक कृष्ण देबकोटाका सुपुत्र लस एन्जलस निवासी नेपाली यूवा आकाश देवकोटाले अग्रेजी गीतमा आफ्नै सोलो म्युजिक भिडियो बनाएर नेपाली मुलका अमेरिकनहरुका माझ एउटा नयाँ आशाको संचार गराएका  छन । गायक, सर्जक उनका बुबा कृष्ण देबकोटाले नेपाल मदरलाई दिएको जानकारी अनुसार काश्कीको चापाकोटमा मूल घर भई पोखरा १७ बिरौटामा हुर्किएका आकाश

देवकोटाले अमेरिकी चर्चित गायक क्रिस ब्राउनको गीत फरबिडव(forbidden)मा अभिनय गरेका हुन् । उनले उक्त गीतको कभर भिडियो बनाएका हुन्। यो गीतको ओरिजिनल भिडियोमा झण्डै डेढ मिलियन भ्युज छ । 

 

IMG_5140.jpeg

 

रिदम एण्ड ब्लुस जनराको यो गीत आफूलाई धेरै मन पर्ने भएकोले यसैमा भिडियो बनाएको आकाश देवकोटाले बताए । भबिष्यमा फिल्म क्षेत्रमा काम गर्ने उद्देश्य भएकोले आफैले मोडेल भएर खेलेको पनि उनले बताए । यो गीतमा आकाशले मोडलका रुपमा मात्र काम गरेका छैनन, यसको कोरियोग्राफी पनि उनी आफैले गरेका हुन् । कलेजकै आफ्ना साथी रायन वेक्सलर (Ryan Wexler) ले यो भिडियोको निर्देशन गरेका हुन् । त्यस्तै ज्याक निल (Jack Neal) र मारियो एन्ड्रे (Mario Andera)ले भिडियोको सह निर्देशन गरेका हुन् ।

 

लस एन्जलसको चाईना टाउनमा तीन दिन लगाएर भिडियोको सुट गरिएको आकाश बताउछन् । उनी भन्छन, “तीनदिनको मेहेनतबाट एउटा राम्रो भिडियो बनाउन सकेकोमा म खुशी छु ।”  

आकाशले र्यापर ब्याड बन्नी Bad Bonny र अर्का गायक Snoop Dog को भिडियोमा पनि काम गरिसकेका छन्। यसका अतिरिक्त उनले लस एन्जलस र वरपरका सहरहरुमा हुने विज्ञापन र कमर्सियल कार्यक्रमहरुमा मोडेलको रुपमा काम गर्दै पनि आईरहेका छन् ।

 

२२ बर्षका आकाश आफै पनि एक चर्चित कलाकारका  छोरा हुन् । उनका बुबा कृष्ण देवकोटा नेपालमा नाम कमाएका लोक तथा दोहोरी गायक हुन् । 

 

IMG_5139.jpeg

१६ बर्षको उमेरमा परिवारसंगै अमेरिका आएका आकाश अहिले यहां कम्प्युटर साईन्स पढ्छन् । आकाशले सानैदेखि संगीतमा रुची राख्ने र नाच्न अनि अभिनय गर्न मन पराउने गरेको उनका बुबा कृष्ण देबकोटा बताउंछन् । आकाशको चाहना र उद्देश्य भनेको हलिउडमा प्रवेश गर्ने र त्यहिं जम्ने रहेको छ । आकाश लाई हाम्रो तर्फबाट पनि शुभकामना । 



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक