20240223

कृष्ण कँडेलको इन्द्रेणी कार्यक्रम टिममा देखिएको विवाद समझदारी र मिलनमा, अझ व्यवस्थित र मर्यादित भएको देख्न पाउँ !


कृष्ण कँडेल भाइको इन्द्रेणी कार्यक्रम टिममा देखिएको विवाद समझदारी र मिलनमा पुगेको सुन्दा खुसी लाग्यो । फुट, लडाइँ, झगडा, मुद्दा मामिलामा होइन एकता र मिलनमा बल हुन्छ, सबै पक्षलाई फाइदा पुग्छ मैले यसैका लागि शुरु देखी आह्वान गर्दै, भन्दै र कुरा गर्दै आएको थिएँ ।  एकले अर्कोलाई खुइल्याएर होइन मिलेर, होस्टेमा हैँसे गरेर अगाडि बढ्दा दुवै पक्षलाई फाइदा हुन्छ र लक्ष्यमा पुग्न सकिन्छ । शर्मिला श्रेष्ठ बहिनी पनि छिट्टै समझदारीमा आएको, ल्याएको, सबै टिम मेम्बरहरू एक साथ अघि बढेको देख्न म आतुर छु । यो एकता र मिलन अभियानमा जुटेका लोक संचारकर्मी मँचका अध्यक्ष चन्द्रमणी गौतम भाई, कमल भाई सहित सबै सबैलाई पनि हार्दिक धन्यवाद मेरो तर्फबाट पनि । हामीहरूले लोक दोहोरीको क्षेत्रलाई व्यवस्थित गर्न, मर्यादित बनाउन, यहाँ सम्म ल्याउन कम दुःख, कम लगानी गरेका थिएनौँ । आज यो क्षेत्र तहस नहस भएको होइन अझ व्यवस्थित र मर्यादित भएको देख्न पाउँ भन्दै सबै सम्बद्ध पक्षको ध्यान पनि आकर्षण गर्न चाहन्छु ।     

सुन्दा तितो लाग्ने तर सत्य कुरा के हो भने हाम्रो समाजमा, हाम्रो कलाकारिता क्षेत्रमा पनि फुट, लडाइँ, झगडा, मुद्दा मामिला, एकले अर्को लाई खुइल्याउने, बल्ल खाइस्, स्वाद भेटिस् भन्ने र रमाउने रोग प्रचुर मात्रामा छ । मिलाउने होइन लडाउने भिडाउने जमात धेरै छन् । त्यस माथि अहिलेको सामाजिक सञ्जालको दुरुपयोग, केही राम्रा र असललाई छाडेर प्राय: कथित युट्युबर, फेसबुके र अनलाइन मिडियाका नाममा भइरहेका आतङ्क, मान्छे लडाउने, भिडाउने, डिप्रेसन हुँदै आत्महत्यासम्म पुर्‍याउन अग्रसर बेरोजगार पङ्तीका क्यामरावालाहरू र पोस्टले समाज धुजा धुजा हुँदै छ । अब घर झगडा, दाइ भाइका झगडा, दिदी बहिनीका झगडा, लोग्ने स्वास्नीका झगडा, बाउ आमा र छोरा छोरीका झगडा, देउरानी जेठानीका झगडा, नन्द भाउजुका झगडा  गराउन र भ्युज बटुल्न यो बेरोजगार जमात अग्रसर छ । ठुला भन्ने मिडियाहरू र चलेका भनिएका पत्रकार पत्रुकार र पर्चाकार बन्दै आफ्नै खाइ खेतीमा व्यस्त रहन थाले पछि त्यो ठाउँ यो बेरोजगार जमातले लिन थालेको छ (केही राम्रा र असल लाई छाडेर), यो अत्यन्त दु:खद पक्ष हो । । यस्तो प्रवृत्तिबाट बच्नु र अरूलाई बँचाउनु पनि एक प्रकारको धर्म नै हो । आगे यहाँहरूको जो मर्जी ! - रामप्रसाद खनाल 







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक