20240223

नवलपरासीका बर्दघाटका किसानले दूधको उचित मूल्य नपाएको भन्दै सडकमै दूध पोखेर बिराेध जनाए

 


नवलपरासीका बर्दघाटका किसानले दूधको उचित मूल्य नपाएको भन्दै सडकमै दूध पोखेर बिराेध जनाएका छन् । दूध बिक्री नभएपछि दूध सडकमा पोख्नु पर्ने बाध्यता आएको बर्दघाट १० का किसान रुद्रबहादुर कार्कीले बताउनु भयो । 'हामीले उत्पादन गरेको दुधको बिक्री भएको छैन । सरकारले कुनै पनि चासो दिएको छैन ।' कार्कीले गुनासो गर्दै भन्नुभयो । सरकारले किसानलाई बिचल्ली बनाएको बताउँदै उहाँले भन्नुभयाे, ' सरकारलेअब किसानलाई गाइ भैैसी बेचेर बिदेश जाने बध्यातामा पारेको छ । त्याे बाहेक अर्काे विकल्प छैन । '

किसानहरुले दूधको उचित मुल्य नपाएपछि संघर्ष समिति नै बनाएका छन् । संघर्ष समिति अध्यक्ष देबिलाल काफ्लेले सरकार किसानको समस्यामा गम्भीर नभएको गुनासाे गर्नुभयाे । ' नेपाली किसानको दूध नबिकिरहेको समयमा सरकारले भारतबाट करिब डेड खर्ब रुपैयाँको दुग्ध जन्य पदार्थ किनेको छ । नेपाली किसानको दुग्ध जन्य पदार्थ नबिक्दा बिदेशबाट किन किन्ने ? प्रश्न गर्दै काफ्लेले भन्नुभयो ।

सरकारले मसिर २६ गते कृषि मन्त्री बेदुराम भुसालले किसानमा माग तत्काल सम्बेधन गर्ने बताउनु भएको थियो तर अहिलेसम्म समस्या जिउका तिउ रहेको छ भन्दै किसानहरुले कृषि मन्त्रीको राजिनामा समेत मागेका छन । कृषि मन्त्री राजिनामा दे, किसानको माग पूरा गर, दूधको मुल्य तत्काल भुक्तानी गर, जस्ता नारा लगाएका थिए । करिब १ सय जना किसान हरुले ५० वटा सानाठुला क्यानमा ल्याएको ५ सय लिटर दुध सडकमा पोखिएको सघर्ष समितिका कोषाध्यक्ष प्रेम पाण्डेले बताउनु भयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक