20240222

तालिबान सत्तामा फर्केपछिको यो तेस्रो र चौथो मृत्युदण्ड : पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड !


 पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिइएको छ । तालिबान सत्तामा फर्केपछिको यो तेस्रो र चौथो मृत्युदण्डको सजाय हो । गजनी प्रान्तका सूचना तथा संस्कृति विभागले एक सार्वजनिक सूचनामा ‘आँखाको बदला आँखा’ सरहको किसास सजायको मृत्युदण्ड भएको बताएको छ । यद्यपि प्रारम्भमा कैदी वा उनीहरूको अपराधका बारेमा विवरण दिइएको थिएन । 

सन् १९९६ देखि सन् २००१ सम्म तालिबानको पहिलो शासनको समयमा सार्वजनिक मृत्युदण्ड सामान्य थियो । सन् २०२१ अगस्टमा सत्तामा फिर्ता भएपछि तालिबानले अन्य दुई जनालाई मात्र मृत्युदण्ड दिएको छ । दुवै मृत्युदण्ड हत्याको अपराधका लागि थिए ।चोरी, व्यभिचार र मदिरा सेवनसहित अन्य अपराधहरूका लागि नियमितरूपमा सार्वजनिकरूपमा कोर्रा हान्ने सजाय दिइने गरिएको छ । तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले गत वर्ष न्यायाधीशहरूलाई शरियाका सबै पक्षहरू पूर्णरूपमा कार्यान्वयन गर्न आदेश दिनुभएको थियो । यसमा किसासको सजाय पनि सामेल छ । अन्तिमपटक सन् २०२३ जुनमा मृत्युदण्ड दिइएको थियो । एक दोषी हत्यारालाई करिब दुई हजार मानिसको अगाडि लघमान प्रान्तको मस्जिदको मैदानमा गोली हानी मारिएको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक