20240331

अमेरिकाको सबैभन्दा ठूलो मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एटी एण्ड टी बाट ७ करोड ३० लाखमानिसहरुको व्यत्तिगत विवरण चुवाहट, आफ्नो खाताबारे सजग रहन कम्पनीको आग्रह

 अमेरिकाको सबैभन्दा ठूलो मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एटी एण्ड टी बाट ७ करोड ३० लाखमानिसहरुको व्यत्तिगत विवरण चुवाहट भएको छ । सो कम्पनीमा मानिसहरुले आफ्नो व्यक्तिगत पासकोड, ठेगाना, सुरक्षा नम्बर तथा वित्तीय विवरण राखेका थिए । अमेरिकाभरि करिब २९ करोड मानिसहरूलाई मोबाइल र इन्टरनेट सेवा मार्फत समेटेको सो कम्पनीबाट ७ करोड ३० लाखमानिसहरुको व्यत्तिगत विवरण चुवावट भएको बीबीसीले जनाएको छ । व्यक्तिगत विवरण चुवाहटबारे अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । सन् २०१९ बाट नै सो कम्पनीमा रहेका मानिसहरुको व्यक्तिगत विवरण चुवाहट हुने गरेको पत्ता लागेको हो । वित्तिय जानकारीबारेको विवरण भने चुवावट नभएको बताइएको छ । सो घटनापछि ग्राहकले आफ्नो पासकोड स्वचालित रूपमा रिसेट गरेका छन् । आफ्नो खाताबारे सजग रहन कम्पनीले आग्रह गरेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक