20240401

मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश

 मदिरा सम्बन्धी लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । अदालतको पछिल्लो आदेश अनुसार मुख्यमन्त्री केजरीवाल यही अप्रिल १५ तारिख सम्म हिरासतमै रहनुहुनेछ । यस अघि अदालतले आजसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । हिरासतका क्रममा उहाँको व्यवहार असहयोगी भएको भन्दै प्रहरीले अप्रिल १५ सम्मको लागी म्याद थपको अनुमति मागेको थियो । भारतमा यही अप्रिल १९ बाट ७ चरणमा लोकसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्मुखमा नियोजित रुपमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको उहाँको पार्टी आम आदमीको आरोप छ । मुख्यमन्त्री केजरीवाललाई गत मार्च २१ तारिखमा पक्राउ गरिएको हो । यसैबीच, मुख्यमन्त्री केजरीवालले आफ्नो शासन सत्ता हिरासतबाटै सञ्चालन गर्दै आउनुभएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक