20240402

आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताउनुभएको छ । सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । मंगलवार काठमाडौंमा आयोजित काठमाडौं गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी समेत गर्नुभयो । उहाँले नयाँ सत्ता समिकरण बन्नसाथ आफूहरुले कुनैपनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले कुनैपनि प्रकारको गठबन्धनमा समावेश हुँदैन । र त्यस प्रकारको कुनै पनि सोच बनाएको छैन । हामीले यो पछिल्लो सत्ता समिकरण बनेपछि स्पष्ट रुपमा भनेका छौं–राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता केन्द्रित कुनैपनि प्रकारको गतिविधिमा सामेल हुँदैन । देशभरबाट आउने हाम्रा शुभेच्छुकहरुको क्रम चलिराखेको छ । र चैत्र २७ गते काठमाडौं ढाक्नेगरी जनसहभागिता हुन्छ । त्यसको तयारी अन्तिम चरणमा छ । अहिले देशको जुन वर्तमान अवस्था छ । त्यो अवस्था आउनुमा अहिलेको नेतृत्वको जिम्मेवार छ नै । तर त्यो नेतृत्व मात्रै होइन, नेतृत्वले ल्याएको व्यवस्था पनि जगमा कारक छ । त्यसकारणले अहिलेको अवस्थामा परिवर्तन गर्नका लागि अहिलेको व्यवस्थानै परिवर्तन गर्न जरुरी छ । अहिलेको विकृत व्यवस्थालाई हामीले परिवर्तन नगरेसम्म सामान्य सुधारले मात्रै देश अगाडि बढन सक्दैन भनेर हामीले जनताको हामीले अहिलको देश र जनताको अवस्थाको परिवर्तनका लागि व्यवस्था परिवर्तन गर्न आन्दोलन अघि बढाएका छौं । हाम्रो २७ गतेको आन्दोलन शान्तिपूर्ण हुन्छ, अहिंसात्मक हुन्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत्र २७ गते वर्तमान व्यवस्था बिरुद्ध विशाल प्रदर्शनको तयारी गर्दै आएको छ । अध्यक्ष लिङदेनले सो प्रर्दशनीको तयारीको काम अन्तिम चरणमा पुगेको बताउनु भयो ।

********************

२६ वर्ष अघि नेपालमा इतिहास रचेको, अत्यधिक बिक्री भएको गीति एल्बम, सिडी र भिसिडी : छाता ओझेल पारिदेऊ बर्खे झरीमा...

छाता ओझेल पारिदेऊ बर्खे झरीमा, 

भो भो मलाई चाहिँदैन सम्पत्ति 

तिम्रै माया ठुलो छ संसार भरीमा...

रामप्रसाद खनाल  र बिमा कुमारी दुराले गाएको खनालको यो गीत २०५४ सालमा अर्थात् आज भन्दा २६ वर्ष अघि "लोक दोहोरी" एल्बममा प्रकाशन भई बजारमा आएको थियो । त्यो बेला नेपालमा इतिहास रचेको, अत्यधिक बिक्री भएको एल्बम, सिडी र भिसिडी थियो यो । यस्तो गीत गाउने खनाल र बिमा आफै अरू नेपालीहरू जस्तै बिदेसिनु पर्‍यो बाध्यता र बिबशताले देशबाट । गीतको पुरा भिडियो यो लिङ्कमा  https://www.youtube.com/watch?v=NQjch8qpax8&t=121s  हेर्न सकिन्छ । त्यो बेला न युट्युब थियो, न फेसबुक, न टिकटक न त कुनै सामाजिक सञ्जाल । त्यो बेलाको अत्यन्त लोकप्रिय गीत आज तपाईंहरुका लागि पनि । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक