20240322

पूर्व डीआइजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग, भन्छन - लोभी पापी भएपछि रास्वपामा काम गर्न मन लागेन !


नेपाल प्रहरिका पूर्व डीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग गरेको बताएका छन् । रास्वपाबाट गत वैशाख १० मा बारा—२ बाट उपनिर्वाचन लडेका खरेलले आफू सो पार्टीबाट अलग भइसकेको बताए । ‘मैले जसले राम्रो गर्‍यो राम्रो भन्ने हो । नराम्रो गर्नेलाई नराम्रो भन्ने हो । रास्वपाबाट चुनाव लड्दा सदस्य थिएँ । सामान्य सदस्य चुनाव लड्दा हुनै पर्छ होला,’ उनी भन्छन्, ‘चुनावमा टिकट लिँदा सदस्य हुनुपर्ला नि हैन । तर, लोभी पापी भएपछि रास्वपामा काम गर्न मन लागेन । अहिले म रास्वपाको सम्पर्कमा छैन ।’

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा आफूमाथि अनुसन्धान हुँदाहुँदै गृहमन्त्री बनेको भन्दै खरेलले लोभी-पापीको संज्ञा दिए । ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुराहरू छन् । सबैलाई पद चाहिएको छ । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भइसकेपछि आरोप लागेको मान्छे जानुहुँदैन,’ उनले भने, ‘चेन्ज गर्छु भनेर हिँड्ने मान्छेहरूमा आम नागरिकले आशा गरेका छन् । ती सबै लोभी, पापी पदकै लागि दौडिने मान्छेसँग के सहकार्य गर्नु ? त्यही भएर म टाढिएको हुँ ।’

रास्वपालाई सरकारमा नजाने म्यान्डेट दिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा जोडिएर केही नहुने उनको तर्क छ । ‘म राजनीति बुझ्ने मान्छे त होइन । म एउटा सिपाही हुँ । खड्गप्रसाद ओली, प्रचण्ड र शेरबहादुर देउवासँग जोडिएर केही हुँदैन भन्ने मात्र बुझेको छु । यिनीहरूलाई विस्थापित नगरीकन केही चेन्ज हुँदैन भन्ने मात्र बुझेको हो । उहाँ (रवि) जानुभयो । त्यही भएर म रास्वपाबाट टाढिएँ  । म रास्वपामा छैन,’ खरेलले भने । 

एक टेलिभिजनमा ‘जनता जनार्दन’ कार्यक्रममार्फत आफूले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा गरेको उनले बताए । ‘सामान्य नैतिकता भएको मान्छेले त पहिलो आफू क्लियर हुनुपर्‍यो । गलत नगरेका होलान् । हाम्रो शुभकामना छ ,’ उनले भने । 

केही दिनअघि एक टेलिभिजनमा ‘जनता जनार्दन’ कार्यक्रममार्फत खरेलले गृहमन्त्री लामिछानेमाथि नैतिक प्रश्न उठाएका थिए । ‘प्रश्न त तपाईंमाथि पनि छन् नि गृहमन्त्रीज्यू । सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईंले नै दिने हो । आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईंबाट पनि भएकै हो । जुन मन्त्रालयको नेतृत्वमा अनुसन्धान हुनुपर्ने हो त्यही मन्त्रालयको कुर्सीमा आसिन हुन मिल्दो कुरा पक्कै थिएन,’ उनको भनाइ थियो । - Ratopati

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक