20240322

"सामाजिक रुपले अनैतिक, धर्मिक रुपले पापी, कानुनी दृष्‍टिले अपराधी भए पछि यो देशमा मन्त्री बन्न पाईन्छ" :- स्वागत नेपाल

 
हेरौं यो पनि:  
सभामुख पिसाब फेर्न बाहिर जाँदा मात्र उपसभामुखले संसद चलाउने हो ? देशबाहिर जाँदा होइन ? स्वीजरल्याण्डबाट के सिकेर आउने ? 
महाकाली सन्धीमा देशमो अस्मिता बेच्ने सभामुख, सुन भित्र्याउने र विदेशी मुद्रा भित्र्याउनेलाई अपराधी देख्ने स्टन्टबाज विभिन्न पार्टीका प्रमुख सचेतक भन्नेहरु यतिबेला स्वीजरल्याण्ड गएका छन् । त्यसैकारण संसद बैठक रोकिएको छ । उनीहरु सबै पार्टीका प्रमुख सचेतक नभए पनि सचेतकहरु हुन्छन् । तिनलाई पनि भत्ता दिएर राखिएको छ । सभामुख नभए उपसभामुख इन्दिरा रानाले बैठक सञ्चालन गर्दा हुन्छ । त्यसैले उपसभामुखराखिएको हो । सभामुख लघुशंका गर्न जाँदा र बैठक चल्दाचल्दै विदेशी एजेण्टसँग के गरौं भनेर निर्देशन माग्न जाँदा एकछिन् बैठक हेर्दै गर्नु है भनेर मात्र उपसभामुख राखिएको होइन । सभामुख भन्दा उपसभामुखले बैठक राम्रो सञ्चालन गर्ने देख्छु मैले, अहिलेसम्म देशको अस्मिता बेच्ने महाकालीको समर्थन गरेको सुनेको छैन । सभामुख बाहिर विदेश जाँदा उपसभामुखलाई र प्रमुख सचेतक शयर गर्न हिँड्दा सचेतकलाई विश्वास नगर्ने हो भने उनीहरुलाई थप भत्ता सुविधा किन दिनु पर्यो ? 
अहिले सत्ता पक्ष र विपक्षी दलको सचेतकको मासिक ६९ हजार ३० रुपैयाँ, १ हजार विशेष भत्ता, १ हजार बैठक भत्ता, ३ हजार रुपैयाँ सञ्चार सुविधा, २४ हजार २६८ रुपैयाँ आवास सुविधा, फर्निचर खर्च एकमुष्ट १५ हजार रुपैयाँ, निजी सचिवालय बन्दोबस्त खर्च मासिक १२ सय रुपैयाँ, मासिक १५० लिटर इन्धन, त्रैमासिक मोबिल ५ लिटर, बिजुली धारा मासिक २ हजार रुपैयाँ, दैनिक भत्ता २ हजार ५ सय रुपैयाँ, यात्रा बीमा प्रतियात्रा १० लाख रुपैयाँ, मृत्यु भएमा परिवारका सदस्यका लागि २ लाख रुपैयाँ आर्थिक सहायता र असक्त भएमा एकमुष्ट २५ हजार रुपैयाँ आर्थिक सहायताको सुविधा छ ।
उनीहरूले राज्य कोषबाट तलब–भत्ता दिएर सचिवालयमा एक जना उपसचिव स्तरको स्वकीय सचिव, २ जना सवारी चालक र १ जना कार्यालय सहयोगी गरी ४ जना राख्न पाउने व्यवस्था संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची–१ मा उल्लेख छ । 
अनि अर्को महत्वपूर्ण कुरा 
उनीहरु स्वीजरल्याण्ड गएका छन् । तपाईहरुलेजस्तो विदेशीका लागि कानुन बनाउने वा विदेशीले कानुन बनाइदिने देश होइन त्यो । त्यति बुझेर फर्कनु । विदेश भ्रमण गर्छन र त्यहाँका सरकार नेता कति मुर्ख रहेछन् , खाने दाउ हजार हुँदा पनि खाँदा रहेनछन् , लुट पाइने देश त नेपाल मात्रै रहेछ भन्ने उल्टो ज्ञान लिएर पो फर्कन्छन् । 
स्वीरल्याण्डले संसारका सबै देशबाट सुन, विदेशी मुद्रा ल्याउन दिन्छ । पैसा पार्किंग गरेको चार्ज लिन्छ । नेपाल स्वीजरल्याण्डजस्तो बनाउने भन्थ्यौ त ०४६ पछि नै । कस्तो बनायौ थाहा छ । तर त्यस्तै समृद्ध बनाउने हो भने नेपालमा धेरैभन्दा धेरै सुन भित्र्याउन दिनु पर्छ । यो इण्डियाले बनाइदिएको र इण्डियाको लागि बनाएको कानुन हो । सुन खुलमखुल्ला धेरैभन्दा आउनु दिनुपर्छ, सामान्य कर लिएर राज्य धनी हुनुपर्छ  । स्वीजरल्याण्डले यही गरेको हो । संसारको जुनसुकै देशका मान्छेले ल्याएको पैसा स्वघोषणा गरेर वा गोपनीयता कायम गरेर पनि राखिदिन्छ र धनी भएको छ । रक्त चन्दन पनि नेपालले रोक्न जरुरी छैन । न नेपालमा उत्पादन, न नेपाललाई घाटा । नेपालको पुलिस नेपालको हो कि इण्डियाको ? तर इण्डियाको चाकरी गर्न अरु विदेशीलाई खुसी बनाउन यस्ता कानुन बनाएका छन् । र, पक्राउ गरियो भनेर नाटक गरेर हिरो हुन्छन् । जनतालाई हामी बुझाउन वर्षौदेखि भनिरहेका छौं , यो कानुन, न्यायालय सबै बेकारको नाटक गरिरहेका छन् । नेपाललाई स्वीजरल्याण्डजस्तो बनाउनु छ भने सुन खुलमखुल्ला ल्याउन दिएर, विदेशी मुद्रा पनि ल्याउन दिएर देश धनी बनाऔं । स्वीरजल्याण्डबाट यति कुरा सिकेर आऊ साथीहरु । देशलाई छातिमा राख विदेशलाई होइन । निष्कर्श सभामुख पिसाब फेर्न बाहिर जाँदा मात्र उपसभामुखले बैठक सञ्चालन गर्ने हो देश बाहिर जाँदा चाहिँ होइन ? प्रधानमन्त्री विदेश जाँदा का.वा.ले चलाउँछन् त सरकार । तुरुन्तै  संसद उपसभामुखले चलाउनुपर्छ । राजाले संसद विघटन गर्दा सभामुख भन्ने दुलामा लुकेपछि महिला उपसभामुखले नै सडकमा संसद चलाएर पुस्थापनाको मार्ग तय भएको थियो ।
पहिला देश (नेशन फर्स्ट) - स्वागत नेपाल
***
सुनौं यो पनि: 

...त्यो हात त्यही काटिदिनपाए हुन्थ्यो !
                                       

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक