20240429

सर्वोच्च अदालतले अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउने आदेश, सिधाकुराले ‘द डार्क फाइल’ शृङ्खलाका भिडियो सामग्री हटायो

 सर्वोच्च अदालतले अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउने आदेश गरेको छ । न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले तथ्य जाँचका निम्ति सिधाकुराको टिमलाई बयान गराउने आदेश गरेको हो । सिधाकुराले ‘द डार्क फाइल’ शीर्षक दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ रोक्न सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित मिडिया मालिक र वरिष्ठ अधिवक्ताहरूले ‘सेटिङ’ गरेर फैसला गरेको भन्दै शृंखला प्रस्तुत गरेको थियो । सिधाकुराले फैसलामा संलग्न नै नभएका वर्तमान वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम मुछेपछि सर्वोच्चले आफैँ सरोकारमा लिएर (सुमोटो) अदालतको अवहेलनासम्बन्धी कारबाही चलाएको थियो । सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार दायर गरेको निवेदनमा सोमबार सर्वोच्चको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

यसै बिच सिधाकुराले ‘द डार्क फाइल’ शृङ्खलाका भिडियो सामग्री हटाएको छ । सोमबार प्रेस काउन्सिलले लिएको बयानमा पनि तथ्य प्रमाण पेस गर्न नसकेपछि हटाउन निर्देशन दिइएको काउन्सिल स्रोतले जानकारी दियो । सिधाकुराले पनि प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो शृङ्खलाका प्रकाशित सामग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक