20240411

'को कहिले मिल्यो, को कहिले मिलेन, त्यो स्थायी कुरा होइन, अलिपछि कांग्रेस र एमाले मिलेको खबर आउँछ ।'

 - कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निकट भविष्यमै कांग्रेस र एमाले मिल्ने बताउनु भएको छ । दुई दल कहिले मिल्छन् भन्ने ठ्याक्कै मिति भने उहाँले खुलाउनु भएन । 'कहिले कांग्रेस र माओवादी मिल्छ, कहिले एमाले र माओवादी मिल्छू बिहीबार पुहाँतु चौधरीको शालिक अनावरण गर्दै शर्माले भन्नुभयो, ' को कहिले मिल्यो, को कहिले मिलेन, त्यो स्थायी कुरा होइन, अलिपछि कांग्रेस र एमाले मिलेको खबर आउँछ ।' शर्माको उक्त भनाइ कांग्रेस र एमाले मिलेर सरकार बनाउने सन्दर्भ केन्द्रित हो ।


नेपाली राजनीतिमा मिल्दा आन्द्रै मिलाउने र नमिल्दा आन्द्रै निकाल्ने घातक संस्कारको विकास भएको शर्माको टिप्पणी छ । समाजले विश्वास र विनम्रता गुमाएको प्रसंग कोट्याउनु भएका शर्माले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सक्ने सम्भावनालाई अनौठो मान्न नहुने बताउनु भयो ।


महामन्त्री शर्माले राजनीतिमा सभ्य आलोचना जरुरी हुने जिकिर गर्नुभयो । उहाँले तल्लो स्तरको गाली र आलोचना अहितकर हुने दाबी गर्नुभयो ।


'म पनि आलोचना गर्छु, गर्दिनँ भन्दिनँ, संसदमा होस् वा बाहिर तल्लो स्तरमा कहिल्यै झर्दिनँ' उहाँले भन्नुभयो, ' जिल्लाबासीको नाता म केपी ओली र कृष्ण सिटौलालाई श्रद्धा गर्छु, उहाँहरुलाई गाली गर्ने छुट मलाई छैन ।' अरु नेतालाई पनि आफूले सम्मान गर्ने तर आफूले स्वस्थ आलोचना सबैको गर्ने उहाँले दोहोर्‍याउनु भयो।


संसदमा अहिले भइरहेको गतिविधिलाई उहाँले हल्काफुल्का भाषिक कुस्तीको संज्ञा दिनुभयो । को कहिलेसम्म रहने, नरहने टुङ्गो नभएकोले मिसन ८४ को कुरा अर्थहीन भएको उहाँको टिप्पणी छ । 'मैले निरासाजनक कुरा गरेको हुँदै होइन, मानिसको जीवनको कुनै भर हुन्न' शर्माले भन्नुभयो, 'राम्रो केही गर्ने हो भने, तत्काल गर्न सुरु गरौँ, अहिले नै गरिहाल्यौँ, मिसन ८४ को कुरा कसैले नगरौँ।'


झापा १ का सांसद समेत रहनु भएका शर्माले नागरिक र देशको आवश्यकता हेरेर काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक नेतृत्वलाई चुनावलाई हेरेर चुनावी कुरा नगर्न सुझाउनु भयो। शर्माले सम्बोधनको अधिकांश समय नागरिकमा आशा र भरोसा जगाउन खर्चनु भएको थियो। उहाँले घमण्ड होइन, स्वाभिमानमा जोड दिनुभयो ।


लास जलेको बेला मात्रै स्मृति गर्ने र नदीको किनारमा उभिँदा मात्रै जीवन क्षणभङ्गुर रहेछ भन्ने सोच नै गलत भएको उहाँको तर्क छ । महामन्त्री शर्माले पुहाँतुलाल चौधरीलाई मरेर पनि समाज सेवा गर्ने व्यक्तिको रूपमा स्मरण गर्नुभयो।


पुहाँतुलाल चौधरीले २००८ सालमा स्थापना गरेको पुहाँतु जनज्योति माविको प्राङ्गणमा उहाँको परिवारले एकल लगानीमा अर्धकदको शालीक निर्माण गरेको हो । शालीक निर्माणमा ८ लाख खर्च भएको छोरा दुर्गा चौधरीले बताउनुभयो। दुर्गाले ३ बिघा ८ कठ्ठा, अढाई धुर जग्गा आफ्नो बुबाले सो विद्यालयलाई दिएको जानकारी दिनुभयो।


०५२ सालमा निधन हुनुभएका पुहाँतुले सो विद्यालयलाई झापाका विभिन्न ठाउँमा १५ बिघा बढी जग्गा व्यवस्थापन गरिदिनु भएको थियो। उहाँ पटकपटक प्रधानपञ्च र एकपटक राष्ट्रिय पञ्चाय सदस्य बन्नु भएको थियो।


कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, कागेश्वरी नगरपालिकाका प्रशासकीय अधिकृत सागर मिश्र, विद्यालयका कौशिलादेवी आचार्य, पूर्वप्रधानाध्यापक प्रेम भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्र लगायतले आआफ्नो धारणा राख्नु भएको थियोे ।


पुहाँतुलाई दुरदर्शी समाजसेवीका रूपमा सम्झनु भएका वक्ताले उहाँकै इमान्दारिता र दुरदर्शिताले विद्यालयको अहिलेको प्रगति सम्भव भएको बताउनुभयो। -राजेन्द्र गौतम

******************

अमेरिकामा घर, जग्गा, बिजनेस किनबेचका लागि चिरपरिचित, बिश्वासिलो र भरपर्दो रियल्टर चाहिए सम्झिनुस, म तपाईंलाई सहयोग गर्न सक्छु ।



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक