20240411

साहित्यिक पत्रकार संघद्वारा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई हिमडमरु उपाधिले सम्मान

 प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई हिमडमरु उपाधिले सम्मान गरिएको छ । साहित्यिक पत्रकार संघले बिहीबार बस्नेतलाई हिमडमरुको उपाधिसहित सम्मान गरेको हो । हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै संघले बस्नेतलाई सम्मान गरेको जनाइएको छ । वरिष्ठ साहित्यकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष बस्नेतले  हिमाल र पर्यावरण जोगाउन सके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । जलवायु परिवर्तनका कारण नेपालका हिमालहरुमा हिउँ घट्दै गएको र त्यसले समग्र पर्या पर्यटनमा ठूलो क्षति पुग्दै गएकोतर्फ सम्बन्धित निकाय गम्भीर हुन उनले सुझाव समेत दिए । त्यसक्रममा  अध्यक्ष बस्नेतले जलवायु, पर्यटन र पर्यावरण जोगाउने कुरा पृथ्वी बचाउने कुरा भएको भन्दै पृथ्वी बच्यो भने मात्रै हिमाल बाँच्ने र हामी बाच्ने उल्लेख गरे । ‘हिमाल बाँचे मात्रै, जल रहन्छ, पर्या, पर्यटन क्षेत्र रहन्छ हिमाल हेर्न विदेशी आउँछन् । त्यसैले हामी हिमाल बचाउनतिर लागौँ।’उनले भने ।

सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले हिमाली क्षेत्रमा बस्नेतको अध्ययन, रुचीबारे आफूले २४ वर्षदेखि सँगै रहेर काम गरेको अनुभव सुनाए । १४ वर्षको उमेरमा शेर्पाले पहिलोपटक सगरमाथा आरोहण यात्रा थाल्दा व्यवस्थापनको टोलीसहित पत्रकार बस्नेत आफै सगरमाथा आधार शिविरतर्फ पुगेको त्यसक्रममा शेर्पाले सुनाएका थिए । प्रमुख अतिथि रोचक घिमिरे,संघका अध्यक्ष राधेश्याम लेकाली,वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरु प्रमोद प्रधान, श्रीओम श्रेष्ठ, ठाकुर वेल्वासे, नरेन्द्र श्रेष्ठ, विमल भौकाजीसहितले विषयवस्तुमाथि प्रकाश परेका थिए ।





अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक