20240409

राज्य संयन्त्र भ्रष्ट र निकम्मा भएको कानुनी रूपमै प्रमाणित गर्ने अभियान : सत्य र न्यायको खोजी अभियान !

 
राज्य संयन्त्र भ्रष्ट र निकम्मा भएको कानुनी रूपमै प्रमाणित गर्ने हाम्रो अभियान सुरु भई सकेको छ। यसै क्रममा हामीले मिति २०७९/१२/२७ मा कानुन व्यवसायी परिषद् समक्ष सबै कानुन व्यवसायीहरू विरुद्ध परेका उजुरी र कारबाहीहरूको जानकारी पाउन निवेदन दिएका थियौँ।माग गरिएको सूचनाको कर्मकाण्डी जवाफ मिति २०८० / ०४/११ मा दिइए पनि माग गरिए अनुसारको सूचना नदिइएकाले दिलाई पाउन र परिषद्का सूचना अधिकारीलाई कानुनले तोके अनुसारको कारबाही गरिपाउनका लागि परिषद्का सूचना अधिकारीको निर्णय उपर राष्ट्रिय सूचना आयोगमा मिति २०८०/०५/१२ मा पुनरावेदन गरेका थियौँ।



पुनरावेदन परेपछि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा१० को उपदफा ४ बमोजिम ६० दिन भित्र निर्णय कारबाही गर्नु पर्नेमा नगरेकोले मिति २०८०/१२/२१ मा कारबाही भए नभएको जानकारी पाउन निवेदन दिएकोमा पुनरावेदन परेको झन्डै ७ महिना पछि सूचना आयोगले कानुन व्यवसायी परिषद्लाई माग गरे अनुसारको सूचनाहरू उपलब्ध गराउनु र आयोगलाई जानकारी गराउनु भन्ने आदेश गरेको छ ।

कानुन व्यवसायी परिषद्ले आजका मिति सम्म हामीलाई आदेशानुसारको सूचना केही दिएको छैन।हामी यिनीहरूको अकर्मण्यता प्रमाणिक रूपमा उजागर गर्दै कानुनी घेरा हाल्दै छौँ। अरू बाँकी यिनीहरू को हुन् के गर्दै छन् , यिनीहरूलाई के भनिनु र गरिनु पर्ने हो, कर तिरेर तलब ख्वाउने नागरिकहरूले नै जानकारी लिएर निर्णय गरिनु पर्ने कुरा हो ।

वरिष्ठ अधिवक्ता धुर्ब लाल श्रेष्ठ एबम 

सत्य र न्यायको खोजी अभियान, नयां वानेश्वर, काठमाडौं 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक