20240409

प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार, राजधानी काठमाडौंमै गणतन्त्रविरुद्ध नाराबाजी गर्दै राप्रपा नेताहरु सडकमा, राजा ल्याएरै छाड्ने गरे घोषणा, राजा आऊ देश बचाऊको नारा !

राप्रपाले मंगलबार गरेको राजधानी केन्द्रीत प्रदर्शनले अस्तब्यस्त भएको छ भने प्रहरी र प्रदर्शनकारीको झडपमा १८ जना घाइते भएका छन् । प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहारका बिच राजधानी काठमाडौंमै गणतन्त्रविरुद्ध नाराबाजी गर्दै राप्रपा नेता कार्यकर्ता र समर्थकहरु सडकमा उत्रिएका थिए । राजा ल्याएरै छाड्ने घोषणा गर्दै उनिहरुले राजा आऊ देश बचाऊको नारा पनि लगाएका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रबीन्द्र मिश्र सहितका नेताहरुको सामुहिक नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको रा।प्र।पा ले जनाएको छ । काठमाडौंमा ६ हजार सुरक्षाकर्मी परिचालन गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । त्यसैगरी सादा पोशाकका प्रहरीदेखि सशस्त्र प्रहरी बललाई परिचालन गरिएको भए पनि भद्रकाली अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढेर प्रदर्शनकारीहरू सिंहदरबार अघिको पृथ्वीनारायण शाहको सालिकसम्म पुगेका थिए । सो क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो भने प्रहरीले पानीको फोहोरा प्रहार गरी भीडलाई तितरबितर पारेको बताइएको छ । राप्रपाले भने प्रहरीले दमन गरेको दाबी गरेको छ । उक्त प्रदर्शनलाई मध्यनजर गर्दै सोमबार उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षा समितिको बैठक बसेर एकीकृत सुरक्षा योजना बनाएर लागू गरिएको थियो । राप्रपाका नेताहरूले शान्तिपूर्ण तरिकाले निषेधित क्षेत्र तोड्ने यसअघि नै बताएका थिए । सोही योजना अनुसार उनीहरू भद्रकालीको निषेधित क्षेत्र तोडेर अघि बढेका थिए । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक