20240430

अस्थिर राजनीतिको कारण विद्यमान निर्वाचन प्रणाली, स्थायित्वका लागि कांग्रेस र एमाले एकठाउँमा उभिनुको विकल्प छैन - डा. शेखर कोइराला

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अस्थिर राजनीतिको कारण विद्यमान निर्वाचन प्रणाली भएको बताउनु भएको छ । उहाँले आफू अभ्यासमा रहेको निर्वाचन प्रणाली परिवर्तन गर्ने पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट समेत पार्नुभयो । 'राजनैतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नैपर्छ ' नेपाली कांग्रेस गौरादह नगर कार्य समितिको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो, 'यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व हुँदैन, त्यसका लागि आवश्यक कानुन परिवर्तन गर्ने अभियान नै जरुरी छ ।' नेता कोइरालाले राजनैतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकठाउँमा उभिनुको विकल्प नरहेको समेत बताउनु भयो । नेता कोइराला विगतदेखि नै कांग्रेस - एमाले सहकार्यको पक्षमा उभिँदै आउनु भएको छ । उहाँले सरकार चलाउने भन्दा पनि देशको संकट समाधान पहिलो प्राथमिकता भएको औँल्याउनु भयो। कुनै पनि देशमा लगानी गर्नुपूर्व दातृराष्ट्रले उक्त देशको ऐन, कानुन के कस्तो छ ? सुशासनको अवस्था कस्तो छ, राजनैतिक स्थायित्व छ कि छैन ? भन्ने कुरा प्राथमिकतामा राख्ने बताउनु भयो । नेता कोइरालाले राजनैतिक स्थायित्व बिना मुलुकको आर्थिक विकास असम्भव हुने दाबी गर्नुभयो ।

उहाँले देशको राजनैतिक अस्थिरताका कारण कुनै पनि देश नेपालमा लगानी गर्न खास इच्छुक नरहेको ठोकुवा गर्नुभयो । लगानी सम्मेलनबाट अपेक्षित परिणाम नआएको उहाँको टिप्पणी छ ।

उक्त बिपी स्मृति भवन उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं, झापा सभापति देउमान थेवे, कोशी प्रदेश सदस्य हुकुमसिंह राई, पूर्वसांसद महेन्द्राकुमारी लिम्बू , नगर सभापति गोपाल कोइला लगायतले आआफ्नो धारणा राख्नु भएको थियोे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक