20240507

जुम्लामा भिरमा हाम फालेको एउटा भेंडालाई पछ्याउँदै गर्दा सत्तरी भेंडाको एकै चिहान भएको छ भने कैयौं बेपत्ता !


 अचम्मको जात हो भेंडा । एउटाले हाम फाले पछि पछिकाले हेर्दै नहेरी नबुझी सबैले हाम फाल्छन र जिब्रो टोक्छन सधैका लागि । नेपाली राजनीतिक पार्टीका कार्यकर्ता, भोटर जस्तै अन्धाधुन्ध पछि लाग्ने, उफ्रिने र खाडलमा जाकिने यो "भेंडा जात" को किस्सा त्यसै आउने गरेको छैन । यसै बिच जुम्लामा भिरमा हाम फालेको एउटा भेंडालाई पछ्याउँदै गर्दा सत्तरी भेंडाको एकै चिहान भएको छ भने कैयौं बेपत्ता छन ।        

नेपाल टेलिभिजनका अनुसार जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर  ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिनुभयो । मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन् । ३१ भेडा बेपत्ता छन् । गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाई घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् ।

पीडित भेडा रावत दाजुभाईलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक