20240508

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न भएको "नारायण रायमाझी साङ्गीतिक साँझ" सार्वजनिक, वाह यस्तो पो कार्यक्रम, धन्यवाद राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल

मेरा परम मित्र, नेपाली लोक गीत, दोहोरी गीत, आधुनिक गीत, सङ्गीतका खानी, चलचित्र निर्माता, निर्देशक, अन्तर्राष्ट्रिय कलाकार मञ्चका सल्लाहकार नारायण रायमाझीज्यूको साङ्गीतिक साँझमा म देश बाहिर भएकाले उपस्थित हुन नसके पनि यो भिडियो पुरै हेरेँ, खुसीको सीमा रहेन । प्यारी बहिनी रिता थापा मगर अध्यक्ष भएको बेला उनको नेतृत्वमा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको वर्तमान कार्य समिति, सिङ्गो टिम, यो कार्यक्रम सम्पन्न गर्न संलग्न सबै सबै मा हार्दिक धन्यवाद र गर्व गर्न मन लाग्यो । मेरा परम मित्र नारायण रायमाझीज्यूलाई बधाई र शुभकामना जीवनभरका लागि पनि । मित्र रायमाझीज्यू तपाईँ नेपाली लोक गीत, दोहोरी गीत, आधुनिक गीत, सङ्गीतको एउटा जिउँदो इतिहास हुनुहुन्छ, तपाईँ हामीले देशका विभिन्न ठाउँमा त्यो बेला गरेका कार्यक्रमहरू, तपाईँ हाम्रो सहकार्य, तपाईँले गर्नु भएको योगदान, दिनुभएको साथ म कहिल्यै भुल्न सक्दिन, तपाईँको सधैँ जय होस । भगवान् दाहिना होउन् । 
 - रामप्रसाद खनाल - अध्यक्ष एवम् 
 अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार
केही तस्विरका सम्झनाहरु 







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक