20240528

सँसदीय छानबिन समिति बनेको छ तर यो बनावटले के देखाएको छ भने यहाँ पनि फेरी उही उक्ती सानालाई ऐन, ठुलालाई चैन साबित हुने छ !

सानालाई ऐन, ठुलालाई चैन, यो उक्ति धेरै सुनियो मात्रै होइन देखियो पनि । नेपालमा हरेक घटना र प्रकरणमा ब्यबहारिक रुपमा देख्न महशुस गर्न पाइने यो उक्ती फेरी पनि चरितार्थ भएको छ । जे सुकै भए पनि सँसदीय छानबिन समिति बनेको छ तर यो बनावटले के देखाएको छ भने यहाँ पनि फेरी उही उक्ती सानालाई ऐन, ठुलालाई चैन साबित हुने छ । आखिर कोही न कोही कतै न कतै गाँसिएकै छन, जोडीएकै छन त्यस कारण यो कर्मकान्डी सँसदीय छानबिन समितिले पनि गर्ने केही छैन हुने वाला केही केही होइन, जनताका आँखामा छारो हाल्ने सिवाय केही हुने छैन ।       

यसै बिच सहकारीको बचत रकम अपचलन प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गरिएको छ ।एमाले प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार एमालेका सांसद सूर्यबहादुर थापाको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा एमालेबाट सरिता भुसाल सदस्य छिन् । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल छन् । राप्रपाबाट धुव्रबहादुर प्रधान छन् । म‌ंगलबार नै बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरले समिति गठनकाे औपचारिक रुपमा घाेषणा गर्ने छन् ।


कार्यादेशको पूर्णपाठ 

पृष्ठभूमि :

संघीय संसद्मा प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अन्य विपक्षी दलका प्रतिनिधिसभाका सदस्यहरूले विगत केही समयदेखि मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा उठाउनुभएका मुद्दा र कानुनविपरीत बचतकर्ताहरूको बचत दुरुपयोग भएको भनी संसदीय छानबिन समितिको माग हुँदै आएको विषयमा अध्ययन गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको छ ।


कार्यक्षेत्र :

१. सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने,

२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने, 

३. नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण  गरेका अनुसूची–१ मा उल्लेख भएका संस्थाहरूलगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ताको प्रक्रिया कहाँ पुगेको छ सोको अध्ययन, विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने,

४. सहकारी संस्था सदस्य (सेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानि–नोक्सानी पुर्‍याएको भनी संघीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखितलगायतका  सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रूपमा प्रवाह भए/नभएको र त्यस्तो गैरकानुनी वा अनुचित  कार्यमा कोही  संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन, छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र  संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।

सदस्य संख्या : ७

अवधि : ३ महिना

         

पदम गिरी                

संयोजक                            

मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला     

मितिः २०८१–०२–१५


अनुसूची १


समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका सहकारी संस्थाहरुको नाम–

१. ओरेण्टल को–अपरेटिभ लिमिटेड

२. स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

३. प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ

४. प्रभु बचत तथा ऋण सहकारी संस्था

५. कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

६. कन्जुमर बचत तथा ऋण सहकारी संस्था

७. कुवेर बचत तथा ऋण सहकारी संस्था

८. चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ 

९. भेगास बचत तथा ऋण सहकारी संस्था

१०. स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड

११. सोसाइटल बचत तथा ऋण सहकारी संस्था

१२. लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था

१३. पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड

१४. शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१५. तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड

१६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

१७. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

१८. कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

१९. लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था

२०. गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड


अनुसूची २

१. आईडियल यमुना बहुउद्देश्यी संस्था

२. ईमेज बचत तथा ऋण सहकारी संस्था लि 

३. सहारा बचत तथा ऋण सहकारी 

४. समानता वचत तथा ऋण सहकारी

५. सानो पाइला वचत तथा ऋण सहकारी

६. सुप्रिम बचत तथा ऋण सहकारी 

७. सूर्यदर्शन बचत तथा ऋण सहकारी 

८. सुमेरू बचत तथा  ऋण सहकारी

९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक